६ वैशाख २०८१ बिहीबार
प्रविधि

कति छन् फेसबुक र म्यासेन्जर प्रयोगकर्ता ?

वासिङ्गटन– फेसबुक तथा म्यासेन्जरका प्रयोगकर्ताहरुको संख्या  १ अर्ब २० करोड पुगेको फेसबुक कम्पनीले जनाएको छ।

‘हामीसँग प्रत्येक महिना सक्रिय रुपमा फेसबुक तथा म्यासेन्जर  प्रयोगकर्ताहरुको संख्या बढेर १ अर्ब २० करोड पुगेको छ,’ फेसबुक सेवाका प्रमुख डेभिड मर्केलले भनेका छन्।

गत वर्षको जुलाईमा कम्पनीले गरेको एक अनुसन्धानले फेसबुक म्यासेन्जरको प्रयोगकर्ताको संख्या १ अर्ब पुगेको देखाएको थियो। यो संख्या बढेर १ अर्ब २० करोड नाघेको हो।  

फेसबुकका प्रमुख एपहरु चलाउने प्रयोगकर्ताको संख्या भने १ अर्ब ७४ करोड छ। फेसबुकको अर्को एप ह्वाट्सएप प्रयोगकर्ताको संख्या पनि १ अर्ब बढी छ। त्यसैगरी फोटो सेयरिङ एपको प्रयोगकर्ताको संख्या ६० करोडभन्दा बढी रहेको छ।

प्रकाशित: ४ वैशाख २०७४ ०८:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App