८ वैशाख २०८१ शनिबार
अन्य

'तमोरको ताल तत्काल फुट्दैन'

ताप्लेजुङ- तमोर नदी थुनिएर सावादिन गाविसमा बनेको ताल तत्काल फुुट्ने खतरा नरहेको स्थानीय अध्ययन टोलीले निष्कर्ष निकालेको छ। टोलीले हालकै अवस्थामा ताल फुट्ने खतरा नरहेकाले तमोर नदी किनारका बस्तीका बासिन्दालाई भयमुक्त तर सतर्क भनेको छ।

 ताल फुुटेर हुने सम्भावित जोखिमको अवस्था बु‰न बुधबार ताल बनेको स्थल पुुगेको टोलीले त्यहाँको बिस्तृत अध्ययनपछि यस्तो निष्कर्ष निकालेको हो। टोली संयोजक एवं जिल्ला भू–संरक्षण कार्यालयका प्रमुुख हरिबहादुर कुँवरले ताल बनेको स्थलको अधिकतर क्षेत्रमा चट्टानी भाग रहेकाले तुरुन्तै ताल फुुट्ने खतरा नरहेको बताए।

उनले ताल बनेको स्थलको सावादिन गाविसतर्फको पूरै भाग र फुरुम्बुु गाविसतर्फको पनि धेरै भाग चट्टानले घेरिएकाले अध्ययन टोली हालकै अवस्थामा ताल नफुुट्ने निष्कर्षमा पुगेको जानकारी दिए।

टोली सदस्य तथा जिल्ला रेडक्रसका सभापति गणेश अधिकारीले तत्कालै ताल फुुट्ने अवस्था नरहेको भन्दै तटीय क्षेत्रका बासिन्दाले आत्तिनुपर्ने अवस्था नरहेको बताए। ‘धेरै आत्तिनुपर्ने अवस्था देखिएन। तर, सतर्कचाहिँ रहनुपर्छ,' अधिकारीले भने।

ताल बनेको क्षेत्रभन्दा तल रहेका तमोर नदी किनारका बस्तीका बासिन्दाले ताल फुुटेर विपद् निम्तिने भन्दै चिन्ता व्यक्त गरेपछि जिल्ला विपद् व्यवस्थापन समितिले मंगलबार प्राविधिक टोली बनाएर जोखिम क्षेत्रमा पठाएको थियो। टोलीमा इन्जिनियर, प्राविधिक, रेडक्रसकर्मी, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका प्राविधिक अधिकृत सामेल थिए। यहाँका निमित्त सिडियो सुरेन्द्र भट्टराईले अध्यन समितिले तत्कालै तालबाट खतरा नहुने प्रारम्भिक जानकारी आफूलाई दिएको जानकारी दिए। उनले सर्वसाधारलाई नआत्तिन तर सतर्क रहन आग्रह गरेका छन्।

टोली संयोजक कुुँवरले १ सय २० मिटर चौडाइ र १५ मिटर गहिराइका आधारमा तालमा अनुमानित ६ लाख ३० हजार घनमिटर पानी जम्मा भएको हुुनसक्ने बताए। यसअघि १५ लाख घनमिटर पानी रहेको अनुुमान गरिँदै आएको थियो।

गत आइतबार सावादिन–१ को नाक्ला भन्ने ठाउँमा पहाड खसेर तमोर नदी थुनिएको थियो।

प्रकाशित: ३० असार २०७३ ०६:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App