भारतमा सवारी दुर्घटना, कम्तीमा ४४ को मृत्यु

बुधबार, ०६ बैशाख २०७४, १४ : ५५ नागरिक

नयाँदिल्ली –  उत्तरी भारतको हिमालयन क्षेत्रमा भएको बस दुर्घटनामा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ । 

पहाडी अफ्ट्यारो बाटोबाट गहिरो खोँचमा खसेर बस दुर्घटना भएको घटनास्थलमा पुगेको स्थानीय सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । 

हिमाञ्चल प्रदेश अन्तर्गत पर्ने सिम्लाका जिल्ला आयुक्त रोहनचन्द ठाकुरले प्रारम्भीक विवरणअनुसार अहिलेसम्म ४४ जनाको मृत्यु भएको खवर आफूलाई प्राप्त भएको बताए । 

घटनामा परी अन्य १२ जना घाइते भएका छन । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीले जनाएका छन् । 

बुधबार दिउँसो ५६ जना यात्रु लिएर गइरहेको बस टोनस नदीमा खसेको रोहनले जानकारी दिए । 

हिमाञ्चल प्रदेशको राजधानी सिम्लादेखि धेरै दुर्गम क्षेत्रमा पर्ने गुमा भन्ने ठाउँमा दुर्घटना भएको हो ।









यसमा तपाईको मत

अन्य समाचार

‘कहिलेसम्म भात खान मात्र फिल्म बनाउने ?’

‘कहिलेसम्म भात खान मात्र फिल्म बनाउने ?’

‘फिल्म कसका लागि बनाउने ? फिल्म बनाउनुको ठोस उद्देश्य के हो ?’ आइतबार राजधानीमा फिल्म ‘नुमाफुङ’ हेरिसकेपछि यसका निर्देशक नविन...

‘मुसाफिर’ लिएर आए नृपेश

‘मुसाफिर’ लिएर आए नृपेश

पन्ध्र वर्षदेखि बेलायत बस्दै आएका गीतकार तथा गजलकार नृपेश उप्रेतीले ‘मुसाफिर’ नामक गजलसंग्रह गजल पारखीमाझ ल्याएका छन् । केही दिनअघि...

भूकम्पको वार्षिकीमा वृत्तचित्र प्रदर्शन

भूकम्पको वार्षिकीमा वृत्तचित्र प्रदर्शन

नुवाकोट रातोमाटेका भूकम्प पीडित लालबहादुरको कथामा आधारित रहेर निर्माण गरिएको वृत्तचित्र ‘लालबहादुरको कविता’ राजधानीमा प्रदर्शन गरिएको छ । विनाशकारी भूकम्पको...

क्षत्रीको ‘नमस्ते काठमाडौं’

क्षत्रीको ‘नमस्ते काठमाडौं’

फिल्म निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले कथा संग्रह ‘नमस्ते काठमाडौं’ पाठकमाझ ल्याउने भएका छन् । दुई दशकदेखि छापा पत्रकारितामा सक्रिय...