एक्लो प्रयासमा ५५ घरको एकीकृत बस्ती

बुधबार, ०६ बैशाख २०७४, १९ : १० शंकर श्रेष्ठ


धादिङ– ‘गरे के सम्भव छैन र’ धादिङ लापाका एक युवाले एक्लो प्रयासमा ५५ घर नमूना बस्ती ठड्याएका छन् । नमूना बस्ती निर्माणमा देशभर धुर्मुस–सुन्तलीको चर्चा चलिरहको बेला दिनेश तामाङले धादिङको ढोलामा नमुना बस्ती निर्माण गर्न सफल भएका हुन् । सामाजिक संघसस्थासँग सहयोग जुटाएर उनले १६ महिनामा ५५ घर तयार पारेका हुन्।

प्रतिघर निमार्णका लागि करिब १४ लाख खर्च भएको छ। प्रत्येक विस्थापितले घर बनाउन झन्डै ४ लाख रुपैयाँ बराबरको श्रमदान गरेका छन्। निर्माणमा स्थानीय डकर्मी, सिकर्मीको काम सबै घरमा बस्नेहरुले नै गरेका सम्पन्न गरेको तामाङले बताए।

प्रतिपरिवार ४/४ कोठा पुग्ने गरी आलेगाउँमा २६ घर र भुवालेपानीमा २९ घरको २ वटा बस्ती बनेको छ। जिल्लाको विकट गाउ“का विस्थापित भूकम्पपीडितले १६ महिना लगातार घर निर्माणको लागि आफै गरेका छन्। दुबै वस्तीका गरी ३ सय १० जना भूकम्प पीडित बस्न थालेका छन्।

निर्माण गरिएको घर जिल्लाको दुर्गममा पर्ने रुबीभ्याली गाउँपालिकाको कपुरगाउँका भूकम्प पीडितलाई हस्तान्तरण गरिएको छ। गाउँको चारैतिर पहिरोले झरेर गाउँमा बस्न नसक्ने भएपछि विस्थापित भएर त्रिपालमा बस्दै आएका भूकम्पपीडितहरुलाई  घर हस्तान्तरण गरिएको हो।

कपुरगाउ“ र नेबेरबाट विस्थापित भएर आएकाहरु ढोलाको भुवालेपानी र आलेगाउँमा शिविर बनाएर बस्न पुुगेका थिए। क्यानडास्थित चाइल्ड हेभेन इन्टरनेसनल क्यानडा÷नेपालले ३८ रोपनी घडेरी किन्न २९ लाख रुपैया“ सहयोग गरेपछि शिविर बसेकै जग्गा किनेर बस्ती निर्माण गरिएको तामाङले बताए।

प्रतिघर निमार्णका लागि करिब १४ लाख खर्च भएको छ। प्रत्येक विस्थापितले घर बनाउन झन्डै ४ लाख रुपैयाँ बराबरको श्रमदान गरेका छन्। निर्माणमा स्थानीय डकर्मी, सिकर्मीको काम सबै घरमा बस्नेहरुले नै गरेका सम्पन्न गरेको तामाङले बताए।

४ आना ३ पैसा जमीनमा ८ कोठाको दुईतले घर बनेको छ। एकापट्टिको चार कोठा एक परिवारलाई र अर्काेपट्टिको चार कोठा अर्को परिवारलाई हुने गरी घर जिम्मा लगाइएको छ। घरको मुल ढोकामा आ–आफ्नो घरमुलीको नाम लेखिएका छन्। घरको लालपुर्जा बनाइदिएको भए पनि ती घर बेच्न पाउने छैनन्।

बस्तीमा अधिकांश बौद्ध धर्मावलम्बी भएकाले वस्ती प्रवेश गेटमै एउटा गुम्बा पनि निर्माण गरिएको छ। सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरिएको छ, भने बालबालिकाको लागि सामुदायिक अध्ययन केन्द्र स्थापना गरिएको छ । बस्ती नजिक पानी नभएकोले वर्षातमा आकाशे पानी संकलन गर्न सकिने व्यवस्था पनि मिलाइएको छ ।   

यसरी बन्यो बस्ती

दिनेश तामाङ भूकम्पले (जन्मस्थल) गाउँको घर सखाप बनेको खबर पाएपछि तत्काल गाउँ पुगेका थिए। विभिन्न निकायको सहयोगमा हेलिकप्टरसहित उद्धार टोली लिएर गाउँ पुगेका उनले सिकिस्त घाइतेहरुलाई अस्पतालहरुमा पु¥याए। बाँचेका र सामान्य घाइतेहरुलाई केही समय पहिरो नगएको समतल स्थान खोज्दै गाउँमै राखे। तर, दुर्गम गाउँमा न घाइतेले उपचार पाए, न सकुशल हुनेले खान पाए। खुला आकाशमुनि बालबच्चा र वृद्धवद्धाको बिचल्ली हेर्न नसकेपछि विभिन्न निकाय गुहारेर लापाको कपुरगाउँ र नेवेरका भूकम्प पीडितलाई ल्याएर ढोलामा शिविर बनाएर राखेका थिए। अहिले सोही स्थानमा तिनै पीडितका लागि एकीकृत बस्ती निर्माण गरिएको हो ।

हारगुहारकै क्रममा दिनेशले क्यानडियन नागरिक बोनी क्याप्सिनो भेटे। उनलाई दिनशले गाउँको दर्दनाक अवस्था बताए । ९६ वर्षीया क्यानडियन नागरिकले आफ्नो देशमा रकम संकलन अभियान चलाएर २९ लाख रुपैयाँ दिनेशलाई उपलब्ध गराइदिइन्।

त्यही रकमले साविकको ढोला गाविस वडा नं. ७ को भुवालेपानी र आलेगाउँमा ३८ रोपनी जग्गा किने। जहाँ लापाका भूकम्प पीडित बस्दै आएका थिए। अहिले ५५ घरको सुन्दर नमुना वस्ती बनेको छ।  

यो बस्ती बनाउन सेतो गुम्बाअन्तर्गतको ‘राङज्युङ् येशे सेनफेन’ स्पेनको माउन्टेनियर्स फर हिमालयज् फाउण्डेशन, द स्याल्वेशन आर्मी, चाइल्ड हेवेन इन्टरनेशनल, क्यानडा नेपाललगायतका संस्थाहरुले आर्थिक सहयोग गरेका छन्।

बस्ती निर्माणमा शिविरमा बस्ने भूकम्प पीडितको पनि योगदान छ । करिब ७ करोड बराबरको श्रमदान नै उनीहरु आफैले गरेका छन्। दिनेश भन्छन्, ‘बुढापाकाहरु शिविरमा बालबच्चा हेर्दै खाना पकाउने, बलिया महिला पुरुषहरु काम गर्ने गरेर ५५ घर नै तयार भयो।’

अलिअलि सिप भएकाहरुलाई सुरुमा तालिमको व्यवस्था गरिएको थिायो। पुरुषहरुले ढलान र गारोको काम गरे। महिलाहरु इट्टा, बालुवा, सिमेन्टलगायत निर्माण सामाग्री बोक्न खटिए। एकीकृत बस्ती निर्माणले त्यहाँका महिला पुरुषलाई अनुभवी सिकर्मी डकर्मी नै बनाएको छ। उनीहरु भन्छन् ‘हामीले हाम्रो घर निर्माणको काममा पैसा तिर्नु परेन, आफैले ग¥यौं।’

यस्तो छ अबको योजना

नमुना बस्तीको घर पाउने अधिकांश न्यून आय भएकाहरु छन्। भूकम्पमा परी घरमुली अर्थात् श्रीमान गुमाएका महिला केटाकेटीहरु छन्। धेरैजसो एकल महिला छन्। घर त पाए अब कसरी दैनिकी चलाउने भन्ने चिन्ता बाँकी नै छ। जिविको पार्जनको कुनै श्रोत छैन।

घर पाएकाहरुको दीगो जीवनयापनका लागि बस्तीमा होमस्टे संचालन गरी पर्यटकीय क्षेत्रको विकास गरी घरायसी आय बढाउने योजना बनाइएको छ। बेमौसमी तरकारी खेतीलगयात कार्यक्रम सञ्चालन गर्ने योजना छ। हस्तकला उद्योग, कुखुरा तथा पशुपालन व्यवसाय जस्ता साना उद्योगहरु सञ्चालन गर्ने भावी योजना दिनेश तामाङको छ।

बस्ती आसपासमै रोजगारी सिर्जना गराएर दैनिकी सहज बनाउन सक्नु अबको चुनौती बनेको छ। दिनेश भन्छन्, ‘यो काममा सहयोग गर्न चाहने सस्था संस्था, सरकारी निकाय वा कुनै व्यक्तिलाई स्वागत गर्न चाहन्छौं।’

सहयोगी हातहरुको साथ पाए पहिरोको जोखिममा रहेका लापा, सेर्तुङ, तिप्लिङ र रि गाविसको एक सय परिवारलाई पुनर्वास गराउने अबको योजना रहेको दिनेश सुनाउँछन्।

संयोगले बाँचेका दिनेश ः
२०७२ वैशाख १२ को भूकम्पबाट दिनेश तामाङ संयोगले बाँचेका हुन्। भूकम्प गएको दिन सिन्धुपाल्चोकको नवलपुरमा थिए उनी। वैशाख १३ गते नवलपुर हेल्थपोष्टमा तालिम सञ्चालन गर्न त्यहाँ पुगेका थिए।

दिनेश सहित १९ जना एउटा होटलभित्र तालिमको सामाग्री तयार पार्दै थिए। एकजना साथीले उनलाई बाहिर बोलाए, दिनेश निस्किए पनि। बाहिर निस्कने बित्तिकै जमीन हल्लियो होटल रहेको घरमा पहिरो चल्यो। २ जना साथी त्यहीँ गुमाउनुप¥यो। बाँकी सबै गम्भीर घाइते भए। बाँकी १६ जनाको कसैको हात भाँचियो, कसैको खुट्टा भाँचियो कोहीको टाउको फुट्यो। संयोगले दिनेश सकुशल रहे। घाइते साथी बटुलेर अस्पताल पु¥याउन सफल भए उनी।


को हुन् दिनेश तामाङ ?

दिनेश तामाङ गरिब र विपन्न परिवारका जेठो छोरा हुन्। उनको घर उत्तरी धादिङको दुर्गम गाउँ लापाको नेवेर हो। गाउँकै स्कुलबाट ०५४ सालमा बल्लतल्ल एसएलसी पास गरे। गरिबीका कारण तत्काल उच्च मावि पढ्न सकेनन्। १६ वर्षमा एसएलसी पास गरेर उनले ५ वर्षपछि २१ वर्षमा दाताको सहयोगमा हेल्थ असिस्टेनमा भर्ना भए। बाबु कर्णबहादुर र आमा सिरिमायाँको सन्तान हुन् दिनेश। अहिले ३६ वर्षका भए। उनको श्रीमति एक छोरा र एक छोरी छन्।

गाउँमा न रोजगारी थियो न अन्य काम। गरिबी, अशिक्षा र बेरोजगारीले उनको मन नराम्ररी कुँडिन्थ्यो। त्यतिकैमा गाउँमा नमस्ते यूवा क्लव गठन गरे र सुरु भयो सामाजिक सेवाभाव।

केही वर्षमा नमस्ते यूवा क्लवलाई नमस्ते ग्रामीण विकास समाजको नाममा परिमार्जन गराए। र विभिन्न दाता खोजेर स्वाथ्य शिविर चलाए। दिनेशको पहलमा गाउँमा एउटा हेल्थपोष्ट सञ्चालन भएको भने २ वटा स्कुलको भवन निर्माण गरिएको छ। विगत १५ वर्षदेखि दिनेश मानवीय सेवामा छन्। अहिले उनले ‘लापा स्वास्थ्य सेवा बिन्दु’ नामको स्वास्थ्य संस्था सञ्चालन गरिरहेका छन् ।


 

 

 

 

















यसमा तपाईको मत

अन्य समाचार

विवादमा 'छक्का पञ्जा २'को गीत

विवादमा 'छक्का पञ्जा २'को गीत

युट्युबमा सार्वजनिक भएको २४ घण्टा बित्न नपाउँदै फिल्म 'छक्का पञ्जा २'को गीत 'ए दाजु नसमाऊ नारीमा' विवादमा आएको छ। प्रिन्स ...

'ए मेरो हजुर २'को ट्रेलर सार्वजनिक

'ए मेरो हजुर २'को ट्रेलर सार्वजनिक

१३ वर्षअघि निर्मित फिल्म 'ए मेरो हजुर' नाम सापटी लिँदै बनेको 'ए मेरो हजुर २'को ट्रेलर सार्वजनिक भएको छ। अघिल्लो...

शम्भुजित-सानुको सांगीतिक सम्बन्ध

शम्भुजित-सानुको सांगीतिक सम्बन्ध

बास्कोटाले कुमार सानुलाई सन् १९८० को दशकको उत्तरार्द्धतिर देखेका थिए। बलिउडका फिल्ममा ब्रेक पाउनुअघि कुमार सानु केदारनाथ भट्टाचार्यको रूपमा कोलकाताको...

इन्जिनियर नायिका

इन्जिनियर नायिका

लामा स्केल र पेन्सिल बोकेर इन्जिनियरिङको कक्षामा बसिरहँदा उनी साँचिरहन्थिन् अर्कै सपना । उनलाई लाग्यो, ‘एक दिन न एक दिन...