coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाको परमाणु बमले अमेरिकी सहर ध्वस्त पारेको भिडियो भाइरल

सोल—उत्तर कोरिया र अमेरिकाबीचको खिचातानी चलिरहँदा सोसल मिडियामा हालै सार्वजनिक भएको एउटा भिडियाले विश्वलाई झस्काइदिएको छ। भिडियो हेरेपछि परमाणु युद्ध अर्थात् तेस्रो विश्वयुद्ध शुरु हुने शंकाले धेरै मान्छे वैचयन भएका छन्।

सिरियामा मिसाइल आक्रमण तथा अमेरिकामा आफ्नो सबैभन्दा ठूलो गैरपरमाणु बम खसाएपछि अमेरिकाले उत्तर कोरियालाई चेतावनी दिइरहेको छ। अमेरिकी चेतावनीविरुद्ध उत्तरले स्पष्ट शब्दमा भनेको छ, 'अमेरिकी आक्रमण भए उविरुद्ध परमाणु हमला गरिनेछ।'

भिडियोमा उत्तर कोरियाले अमेरिकी सहरमा परमाणु बम खसालेको दृश्य छ। परमाणु बमले अमेरिकी सहर संरचनामा आगोको लप्कामा परिणत भएको दृश्य देखाइएको छ। भिडियोलाई वास्तविक मान्नेहरु बढी बैचयन भएका हुन्।

घटनालाई अमेरिकाले उत्तर कोरियाको प्रोपोगान्डा भएको उल्लेख गरेको छ।

भिडियोको दृश्यमा सबैभन्दा पहिला एक कार्यक्रममा उत्तर कोरियाका तानाशाह किम जोङ उनको स्वागत गरेको देखाइन्छ। अर्को दृश्यमा उत्तर कोरियाको तर्फबाट अन्तरमहाद्विपीय ब्यालेष्टिक मिसाइलले अमेरिकाको शहरमा परमाणु बम खसाल्छ। बमले अमेरिकी सहरलाई आगोको लप्कामा परिणत गर्दिन्छ। भिडियोमा अमेरिकी झन्डा पनि जलेको देखाइएको छ। त्यसपछि उत्तरकोरियाली तानाशाह किम तथा सेनाका अधिकारी ताली बजाएर खुशी मनाउँछन्। उत्तर कोरियाली सैनिकले ब्यान्ड बजाउँछ।

उत्तर कोरियाले प्रोपोगान्डा भिडियो सार्वजनिक गरेको पहिलो पटक होइन। २०१६ मा उत्तरले लास्ट चान्स नामको यस्तै भिडियो जारी गरेको थियो। त्यसमा पनि अमेरिकी सहरलाई ध्वस्त पारेको देखाइएको थियो। फरक यो छ कि यतिबेला उत्तर कोरिया र अमेरिकाबीच तनाब चुलिएको छ। दुवै देश एक अर्कमाथि आक्रमण गर्न तयारी अवस्थामा छन्। सिरियामा मिसाइल आक्रमण तथा अमेरिकामा आफ्नो सबैभन्दा ठूलो गैरपरमाणु बम खसाएपछि अमेरिकाले उत्तर कोरियालाई चेतावनी दिइरहेको छ। अमेरिकी चेतावनीविरुद्ध उत्तरले स्पष्ट शब्दमा भनेको छ, 'अमेरिकी आक्रमण भए उविरुद्ध परमाणु हमला गरिनेछ।'

अमेरिकी सैन्य अखडामा उत्तरको निगरानी!

संयुक्त राष्ट्रसंघमा उत्तर कोरियाले अमेरिकाको चेतावनी दिँदै आफूलाई सिरिया नसम्झन चेतावनी दिएको छ। आफूमाथि आक्रमण भए अमेरिकाले परमाणु बम हमला सामना गर्नुपर्ने उसले चेतावनी दिएको छ। उसले यतिसम्म भनेको छ अब उसले प्रत्येक साता परमाणु परीक्षण गर्नेछ। उसलाई त्यसो गर्न कसैले रोक्न सक्ने छैन। अमेरिकी दादागिरीको जवाफ दिन उत्तर कोरिया तयार रहेको उसले उल्लेख गर्दै आएको छ। नाभिकीय निगरानी दक्षिण कोरिया तथा प्रशान्त महासागरमा मात्र होइन अमेरिकी भूमिमा रहेको सैन्य अखडामा पनि बढाइएको उत्तर कोरियाले उल्लेख गरेको छ।

अमेरिकी चेतावनीको बेवास्ता गर्दै उत्तर कोरियाले मिसाइल परीक्षण गरिरहेको छ। सिरियामा मिसाइल हमलापछि अमेरिकाले कोरियाई प्रायद्वीपमा आफ्नो जंगी जहाज पठाएको थियो। त्यसको जवाफमा उत्तरले मिसाइल परीक्षण गरेको सार्वजनिक भएको थियो। सो मिसाइल परीक्षण विफल भएको अन्तरार्ष्ट्रिय मिडियामा खबर आएको थियो। यो विषयसँगै कोरियाली प्रायद्वीपमा तनाब चुलिएको छ।

भिडियो

प्रकाशित: ७ वैशाख २०७४ ०५:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App