१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी उपराष्ट्रपति इन्डोनेसियामा

जाकार्ता – अमेरिकी उपराष्ट्रपति माइक पेन्स आफ्नो १० दिने एसियाली मुलुकहरु भ्रमणको क्रममा विहीबार इन्डोनेसिया आइपुगेका छन् ।

 उनले इन्डोनेसियाली राष्ट्रपति तथा देशका उच्चस्तरीय नेता तथा राष्ट्रिय अधिकारीहरुसँग बैठक र छलफल गर्नेछन् । अमेरिका तथा इन्डोनेसियाबीच केही अघिदेखि उत्पन्न ब्यापारिक तथा बाणिज्यगत बिबाद सुल्झाउने पनि द्विपक्षीय छलफलको एउटा एजेन्डा रहने बताइएको छ । 

केही अघि इन्डोनेसियामा सम्पन्न गभर्नरस्तरीय आम निर्वाचनमा आफ्ना कट्टर समर्थक जाकार्ताका गभर्नरको हार भएपछि बिचलित भई राष्ट्रपति जोको जोकोवी विडोडो गम्भीर राजनीतिक चिन्तामा फसेको जनाइएको छ । यस्तै परिस्थितिबीच अमेरिकी उपराष्ट्रपति पेन्स इन्डोनेसिया भ्रमणमा आइपुगेका हुन्। उनको इन्डोनेसिया बसाई दुई दिनको हुनेछ । 

इन्डोनेसियाले अमेरिकाप्रति देखाउँदै आएको कूटनैतिक ब्यबहार र रबैयाबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने सन्तुष्ट छैनन् । उनले इन्डोनेसियालाई व्यापारिक प्रहार सूचि (ट्रेड हिट लिस्ट) मा राखेका छन् । कुरा यहाँनेर अल्झिएको छ कि इन्डोनेसियाली सरकारसँग बिबाद र खरखिचोलाका बीच इन्डोनेसियाको पापुआ प्रान्तमा एउटा ठूलो अमेरिकी कम्पनीले विश्वको सबभन्दा ठूलो तामा खानी उत्खनन र सन्चालन गरिरहेको छ । 

यद्यपि, उपराष्ट्रपति पेन्सको इन्डोनेसिया भ्रमण र छलफलले अमेरिका तथा इन्डोनेसियाबीच कायम रहँदै आएको व्यापारिक तथा वाणिज्यगत विवाद र तिक्तता सुल्झिने अपेक्षा गरिएको जनाइएको छ । 

प्रकाशित: ७ वैशाख २०७४ ०६:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App