८ वैशाख २०८१ शनिबार
कला

नयाँ शो ल्याउँदै सुनिल, कपिलसँग सहकार्य नगर्ने

सुनिल र कपिल

नयाँ दिल्ली—पछिल्लो सयम भारतीय मिडियामा निकै नै चर्चित बनेको कपिल शर्मा र सुनिल ग्रोबर झगडाको विषयमा बलिउड नायक ऋषि कपुरले आफ्नो राय प्रकट गरेका छन्।

उनले सांकेतिक रुपमै भनेका छन्, ‘घाइते भएका कारणले म यसपालीको सिजन खेल्न सक्दिनँ। म एकदमै दुःखी पनि छु ।’ यो सँगै उनले नमस्ते गरिएको इमोजी पोस्ट गरेका छन्।

उनले ट्विट गर्दै कपिल र सुनिल मिल्नुपर्ने आशय व्यक्त गरेका छन्।  अहिले भारतमा जारी आइपीएललाई संकेत गर्दै दुई जनालाई जोड्दै उनले झगडा नगरी मिल्नुपर्ने राय दिएका हुन्।

उक्त ट्वीटको केही समयपछि डा.गुलाटी अर्थात सुनिलले ट्विटरमार्फत आफू कपिल शर्मासँग काम गर्न नसक्ने जवाफ फर्काएका छन्। उनले सांकेतिक रुपमै भनेका छन्, ‘घाइते भएका कारणले म यसपालीको सिजन खेल्न सक्दिनँ। म एकदमै दुःखी पनि छु ।’ यो सँगै उनले नमस्ते गरिएको इमोजी पोस्ट गरेका छन्।

यसबाट सुनिल अझै पनि कपिलको व्यवहारलाई लिएर दुःखी भइरहेका देखिएको छ। गत मार्चमा कपिलले अस्ट्रेलिया भ्रमणको क्रममा ग्रोवरका साथै चन्दन प्रभाकर लगायतलाई निकै नै गाली गरेका थिए। त्यसैगरी भारत फर्कने क्रममा कपिलले उडानका समयमा रक्सी खाएर सुनिललाई गाली गर्दै कुटपिट गरेका थिए।

कपिलको यो व्यवहारका कारण सुनिलले द कपिल शर्मा शो छोडेका थिए। उनका साथै अलि असगर र चन्दन प्रभाकरले समेत शो छोडेका छन्। कपिल शर्माको हर्कत सार्वजनिक भएसँगै चर्चाको शिखरमा रहेको कपिल शर्मा शोप्रति जनधारणा नकारात्मक बनेको थियो।

नयाँ शो लिएर आउँदै सुनिल

डा. गुलाटी छिट्टै नै आफ्नो नयाँ शो लिएर आउने भएका छन्। सोनी टेलिभिजनबाट नै प्रशारण हुनेगरी उनले नयाँ शो ल्याउने भएका हुन्। नयाँ शो को बारेमा आधिकारिक जानकारी केही नआए पनि सोनी टेलिभिजन र सुनिलले सहकार्य गर्ने निश्चित भइसकेको छ। उनको नयाँ शो मा अलि असगर पनि सँगै रहनेछन्। यो विषयमा सुनिल र अलिले आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

उनीहरु सोनीबाटै प्रशारित भइरहेको सबसे बडा कलाकार नामक शोमा  अर्को हप्ता होस्टको रुपमा समेत देखिने बताइएको छ।

 

प्रकाशित: ७ वैशाख २०७४ ०९:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App