कोलम्बियामा बाढी, १६ जनाको मृत्यु

बिहिबार, ०७ बैशाख २०७४, १६ : १४ एजेन्सी


कोलम्बिया – कोलम्बियाको मध्य क्षेत्रमा आएको बाढी पहिरोमा परी कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीले बताएका छन्।

बाढी पहिरोकै कारण सयौँको मृत्यु भएको केहीदिनपछि पुनःअर्को बाढी पहिरोको घटना भएको सरकारी उद्धारकर्ताको भनाइ रहेको छ । 

मनिजल्स सहरमा भिषण वर्षापछि आएको यस बाढी पहिरोका कारण अरु कम्तीमा सात जना हराइरहेका जनाइएको छ । 

यसअघि मोकोअ सहरको पहाडी इलाकामा पर्ने तीन वटा नदीमा गत महिनाको ३१ तारिखमा आएको भीषण बाढीमा परी कम्तीमा ३२३ जनाको मृत्यु भएको थियो । त्यस घटनामा मारिएका व्यक्ति एक सय जना बालबालिका रहेका थिए । 

मनिजल्सका मेयर जोसे अक्टाभिओ कार्डोनाले स्थानीय एक रेडियोलाई दिएको अन्तर्वार्तामा ढुङ्गा माटोसहितको बाढी पहिरो गएको बताए । 

भीषण वर्षाभएपछि स्थानीय बासिन्दालाई सतर्क रहन आह्वान गरिएको उनले जानकारी दिए । 

राष्ट्रपति जोन म्यानुअल सान्तोषले आफ्ना अन्य कार्यक्रम रद्द गरेर घटनास्थलको निरिक्षण गर्ने योजना बनाउनु भएको छ । घटनास्थल मोकोअ जस्तै पुग्नका लागि निकै अप्ठ्यारो र दुर्गम क्षेत्रमा पर्दछ । 

“यो जलवायु परिवर्तनको प्रभाव हो,” उनले भने, “म यस बारेमा सतर्क रहन सबैलाई आह्वान गर्दछु, वातावरणीय समस्याका बारेमा बेवास्ता गर्नुहुँदैछ ।” 

उनले ट्विटरमा लेख्दै घटनास्थलमा तत्काल उद्धार तथा सहयोगका लागि सक्रिय हुन सरकारका सम्वन्धित निकायलाई निर्देशन दिएका छन् । 

बाढी पहिरो गएको मनिजल्स क्षेत्रको जनसङ्ख्या झन्डै चार लाख रहेको छ । घटनास्थलमा अहिले पानी, विजुली, सञ्चारलगायतका सेवाहरु अवरुद्ध भएका छन् । 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘पद्मावती’ विवाद

‘पद्मावती’ विवाद

महंगो सेटमा फिल्म बनाउन माहिर बलिउड निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावती’को फष्र्टलुक सार्वजनिक हुनासाथ फिल्मकर्मीदेखि दर्शकसम्मले फष्र्टलुकको तारिफ गरे...

फूलमानको ‘नीरफूल’मा म्यान्मारका राजदूत दम्पती

फूलमानको ‘नीरफूल’मा म्यान्मारका राजदूत दम्पती

सञ्चारकर्मी फूलमान बलको निर्देशन रहेको फिल्म ‘नीरफूल’मा म्यान्मारका राजदुत ऊ लिउन ऊ देखिने भएका छन् । भूकम्पले तितर वितर पारेको...

दसैंका गीतमा पीडा

दसैंका गीतमा पीडा

वाल्यकालमा औंला भाँँच्दै धेरैले यही गीत गाउँदै दसैंलाई निम्ता दिन्थे । यो गीत गाउँदा घरमै दसैं आइसकेको धेरैलाई आभाष हुन्थ्यो...

तीन फिल्मसँग आउँदै ‘तान्द्रो’

तीन फिल्मसँग आउँदै ‘तान्द्रो’

आगामी कात्तिक २४ गते ‘सकस’, ‘रोमियो’ र ‘मेला’ रिलिज हुने चर्चा चलिरहँदा यही मितिमा अर्को फिल्म ‘तान्द्रो’ पनि रिलिज हुने...