बन्चरो प्रहार गरी साथीको हत्या

शुक्रबार, ०८ बैशाख २०७४, १० : ५३ नागरिक

रुकुम – यहाँ एक व्यक्तिले आफ्नै साथीलाई बन्चरो प्रहार गरी हत्या गरेका छन् । 

जिल्लाको चौरजहारी नगरपालिका–१४ का निर्मल सार्कीले सोही ठाउँका ४५ वर्षीय अकलबहादुर खड्काको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, रुकुमले जानकारी दिएको छ । 

बुधबार खड्का र सार्कीले सँगै रक्सी सेवन गरेको र त्यसैक्रममा सामान्य विवाद हुँदा सार्कीले आफ्नै घरमा खड्कामाथि बन्चरो र सापल प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिप्रकाका प्रहरी निरीक्षक थम्मनबहादुर राजालीले जानकारी दिए । 

झगडा भएपछि सार्की र उनकी श्रीमती कमला सार्कीले बन्चरो प्रहार गरी हत्या गरेको स्थानीयवासीको भनाइ छ । 

हत्यामा संलग्न अभियुक्त निर्मल सार्की र कमला सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । शव परीक्षणका लागि जिल्ला अस्पताल, सल्लेमा ल्याइएको छ । रासस 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ट्युबलाइट प्रमोसनमा झू

ट्युबलाइट प्रमोसनमा झू

बलिउड अभिनेता सलमान खानसँग फिल्म 'ट्युबलाइट'मा अभिनय गरेपछि चिनियाँ नायिका झू झूको चर्चा चिनियाँ मिडियामा राम्रै चलेको छ। कविर खान...

अमेरिकामा नेपाली फिल्म अवार्ड

अमेरिकामा नेपाली फिल्म अवार्ड

सन् २०१६ मा अमेरिकाको कोलोराडोमा भएको पहिलो संस्करणको 'ग्लोबल नेपाली फिल्म अवार्ड' को दोस्रो संस्करण पनि कोलोराडोमा नै हुने भएको...

बालबालिकालाई अन्जुको सहयोग

बालबालिकालाई अन्जुको सहयोग

गायिका अन्जुले आफ्नै नामको संस्था अन्जु पन्त फाउन्डेसनमार्फत  काठमाडौंको बाग्मती किनारमा रहेको सुकुम्बासी बस्तीका २२५ बालबालिकालाई पाठ्य सामग्री हस्तान्तरण गरेकी...

३० दिनसम्म ‘हाम्रोमुभी’मा निःशुल्क फिल्म

३० दिनसम्म ‘हाम्रोमुभी’मा निःशुल्क फिल्म

विदेशमा बस्ने नेपालीलाई केन्द्रित गरेर हाम्रो मुभि डटकमले नयाँ र पुराना नेपाली फिल्महरुलाई अनलाइनमार्फत ३० दिने विशेष प्याकेज सुरु गरेको...