८ वैशाख २०८१ शनिबार
समाज

पहिरोमा पुरिएर ४ जनाको मृत्यु १ घाइते

कर्णाली करिडोर स्थित जितेबजार नजिकै आएको पहिरोमा पुरिएका शवहरू । तस्बिर ः पवित्रकुमार शाही

कालिकोट – जिल्लाको सदरमुकाम मान्म नजिकै रहेको नरहरीनाथ गाउँपालिकाको कोटवाडा स्थित जितेघाट बसपार्क नजिकै विहीबार साँझ पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

कर्णाली करिडोरको सडकमाथिबाट आएको पहिरोमा परी नहरिनाथ गाउँपालिका–१ निवासी ४० वर्षीय गोर्ख विक, उनकी पत्नी ३६ वर्षिया धना विक , १३ वर्षिया छोरी वाजपुरा विक र अर्का शान्नीत्रिवेणी गाउँपालिका वडा नं. ९ मुम्राका ३० वर्षीय लोगबहादुर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

त्यस्तै पहिरोमा परी सान्नीत्रिवेणी – ३ बस्ने १४ वर्षिया भावनादेवी देवकोटा घाइते भएकी छिन् । उनको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ । मृत्यु हुने कोटवाडाका बिक हुम्ला कर्णाली राजमार्ग अन्तर्गत चल्ने जीप बसपार्क नजिकै व्यापार व्यवसाय गरी बसिरहेका थिए । बिहीबार साँझ एक्कासी मुसलधारे पानी आउँदा अचानक माथीबाट पहिरो खसेको थियो । 

 

प्रकाशित: ८ वैशाख २०७४ ०५:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App