coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

महासंघ अध्यक्षराणालाई एफविनको सम्मान

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणालाई महिला उद्यमी महासंघ नेपाल(एफविन)ले बधाइ तथा सम्मान गरेको छ।

एफविनकी अध्यक्ष समेत रहेकी राणा निजी क्षेत्रको छाता संस्था उद्योग वाणिज्य महासंघको विधानअनुसार सर्वसम्मत अध्यक्ष चयन भएपछि बिहीबार एक कार्यक्रमको आयोजना गरी उक्त सम्मान गरिएको हो। राणासहित महासंघको सदस्यमा निर्वाचित कमला श्रेष्ठ र जोत्स्ना श्रेष्ठलाई पनि एफविनले सम्मानित गरेको हो।

कार्यक्रममा वक्ताहरुले एफविनको प्रतिनिधित्व गर्दै महासंघको इतिहासमै पहिलोपटक महिला अध्यक्ष हुनु समग्र महिलाका लागि गौरवको विषय भएको बताए। महासंघले महिला उद्यमशिलता विकासमा अझ महŒवपूर्ण भूमिका निर्वाह गर्न सुझाए।

अध्यक्ष राणाले आफू धेरै चुनौती पार गरेर महासंघको अध्यक्षमा आएको बताइन्। राणाले मुलुकमा रोजगारी सजनासँगै महिला उद्यमशिलता विकास आफ्नो प्राथमिकता रहेको बताइन्। ‘महिलाले पनि आत्मविश्वासका साथ उद्यम गर्नु आवश्यक छ,' राणाले भनिन्, ‘आर्थिक विकासका लागि नीति परिवर्तन गर्न पहल गर्छु।'

युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना, स्मार्ट सिटी, व्यापार, पर्यटन आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ। ‘नेपालमा लगानी भिœयाउन पहल गर्छु,' उनले भने, ‘यसले मुलुकमा रोजगारी सिर्जनागर्ने छ।'

कार्यक्रममा एफविनकी पूर्व अध्यक्ष छाया शर्माले राणालाई बधाइ ज्ञापन गर्दै महिलाको आर्थिक सशक्तिकरण गर्नुपर्ने बताइन्। राजनीतिक रुपमा महिलाको सहभागिता वृद्धि हुँदै गए पनि आर्थिक क्षेत्रमा महिलाको पहुँच वृद्धि गर्नुपर्ने बताइन्। उद्योग वाणिज्य महासंघमा महिला नेतृत्वमा पुगेकाले महिलाको उद्यमशिलताका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने शर्माले बताइन्।

कार्यक्रममा एफविनकी प्रथम उपाध्यक्ष सारदा रिजालले राणा अध्यक्ष हुनु महिलाले आर्थिक क्षेत्रमा योगदान गर्न सक्छन् भन्ने प्रमाण भएको बताइन्। यो अवसरलाई सदुपयोग गनुपर्ने उनको सुझाव थियो।

एफविनकी द्वितीय उपाध्यक्ष रीता सिंहले महिला उद्यमीलाई अवसर सिर्जना गर्न पहलगर्नुपर्ने बताइन्। महिलाले उत्पादन गरेका वस्तुको बजार प्रवर्द्धनका लागि महासंघले भूमिका खेल्न सुझाइन्।

एफविनकी कोषाध्यक्षले हजुरी विष्टले राणाले नेतृत्व गरेपछि महासंघको साख अझै बढ्ने विश्वास गरिन्। कार्यक्रममा नवनिर्वाचित महासंघकी कमला श्रेष्ठले महिलाका पक्षमा काम गर्न पहलगर्ने प्रतिबद्धता जनाएकी थिइन्।

सो अवसरमा अर्की सदस्य जोत्स्ना श्रेष्ठले महिलाले अवसर पाए नेतृत्वमा आउन सक्छन् भन्ने प्रमाणित भएको बताइन्। महिलाको क्षमता विकास गर्न महासंघसँग मिलेर काम गर्ने एफविनकी सदस्य मनिषा घिमिरेले बताइन्।

प्रकाशित: ८ वैशाख २०७४ ०६:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App