८ वैशाख २०८१ शनिबार
राजनीति

राप्रपा र जनमोर्चाले पाल्पामा उम्मेदवार टुङ्गो लगाए

पाल्पा- स्थानीय निर्वाचनको लागि जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाले उम्मेदवार टुङ्गो लगाएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पनि उम्मेदवारको अन्तिम टुङ्गो लगाउन दिनहुँजसो बैठक बस्न थालेका छन्।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा नगरमा मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वार्ड अध्यक्ष तथा सदस्यहरुको उम्मेदवारी चयन गर्न दलहरु लागि परेका छन्। यहाँका दलहरुले चुनाबी सभा, बैठक तथा मतदाता शिक्षालाई जोड दिन थालेका छन्।  चुनावी प्रचार–प्रसारको लागि घरदैलो अभियान दलहरुले सुरु गरेका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले उम्मेदवारहरुको अन्तिम टुङ्गो लगाएको छ । राप्रपाले तानसेन नगरपालिकामा मेयरमा भीमसेन कार्की र उपमेयरमा चमेलीदेवी श्रेष्ठ, रामपुर नगरपालिकामा मेयरमा शोभा केसी र उपमेयरमा ज्ञानबहादुर सिंजालीको उम्मेदवार बनाएको छ । माथागढी गाउँपालिका अध्यक्षमा पदम राना र उपाध्यक्षमा बेदकुमारी गाहा, रैनादेवी छहरा गाउँपालिकामा इन्द्रबहादुर राउत र पार्वता विक, पूर्वखोलामा टेकनाथ पंगेनी, रम्भा गाउँपालिकामा तुल्सीप्रसाद श्रेष्ठ, बगनासकाली गाउँपालिकामा विष्णुप्रसाद पाण्डे, रिब्दीकोट गाउँपालिकामा नारायणबहादुर कुवँरलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष डुलबहादुर कुवँरले बताए । कुँवर भन्छन्, उम्मेदवारको अन्तिम टुङ्गो लाग्यो । छनौंट भएका उम्मेदवारहरु प्रचार–प्रसारको लागि घरदैलो अभियानमा लागेका छन्।

यस्तै जनमोर्चाले तानसेन नगरपालिकाको मेयरमा टीकाराम पौडेल, उपमेयरमा उमा सिंजाली, रामपुर नगरपालिकामा मेयरमा रेशम कंडेल र उपमेयरमा सावित्रा गैरेलाई उम्मेदवार बनाएको छ। यसैगरी रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा फर्शुराम पोखरेल र उपाध्यक्षमा लक्ष्मी दर्लामी, रिब्दीकोटमा तिलक गाहा र गनु बगाले, तिनाउँमा कमल थापा र बसन्ती राना, रम्भामा मानबहादुर गाहा र विमला सिंजाली, निस्दीमा देवीलाल राना, पूर्वखोलामा मानबहादुर बयम्वु, माथागढीमा रामकरण थापालाई अध्यक्षको उम्मेदवार चयन गरेको जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले बताए।

प्रकाशित: ८ वैशाख २०७४ ११:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App