७ वैशाख २०८१ शुक्रबार
अन्य

यसरी बढ्छ परिवारमा माया

भागदौडपूर्ण जीवनमा हरेक मानिसको आफ्नै तनाव हुन्छ। यो कुरा परिवारमा पनि लागू हुन्छ। हाम्रो जीवनशैली नै यस्तो भइसक्यो कि अरु कसैको भावना बुझ्न हामीसँग पर्याप्त समय नै छैन। सरल ढंगले कुराकानी मात्र हुन्छ।

यसरी जानीनजानी हामीले आफन्तलाई नै दुःख पुर्‍याइरहेका हुन्छाँै, जसले परिवारमा कलहको अवस्था सिर्जना हुन्छ। स–सानो कुरामा ध्यान दिन सक्यौँ भने यस्तो समस्याबाट छुट्कारा पाउन सक्छ र परिवारमा माया बढ्छ।

अधिकार मात्र होइन, जिम्मेवारी पनि बुझौँ

सामान्यतः युवा पुस्तामा आफ्नो अधिकारबारे मात्र ध्यान दिने प्रवृत्ति देखिन थालेको छ। तर अधिकारको माग गर्दा आफ्नो जिम्मेवारीबारे कहिल्यै सोच्दैनौँ। यसले परिवारमा कलहको अवस्था सिर्जना गर्छ। त्यसैले अधिकारसँगै आफ्नो जिम्मेवारी महसुस गर्न आवश्यक छ। यसले परिवारमा तालमेल बनाउन मद्दत गर्छ।

सानो–सानो त्याग

त्याग निकै गहिरो र ठूलो शब्द हो।  परिवारका सदस्यसँग स–सानो कुरामा पनि त्याग गर्ने बानीले जीवनलाई सुखमय बनाउन मद्दत गर्छ। सानो कुरामा चित्त दुखाउने बानीले पारिवारिक जीवनमा समस्या सिर्जना हुन्छ।

आफ्नै कुरा मात्र नथोपरौं

परिवारका वरिष्ठ सदस्यमा आफूले भनेको कुरा सही हो र त्यसलाई सबैले मान्नुपर्छ भन्ने भावना हुन्छ। यस्तो व्यवहारले परिवारका सदस्य हामीबाट टाढा हुने कोसिस गर्छन्। त्यसैले परिवाससँग सम्बन्धित हरेक सानो कुरामा पनि पारिवारिक सल्लाह गर्नुपर्छ।

जिद्धी नबनौं 

जब हामी परिवारको सबैभन्दा सानो सदस्य हुन्छाँै, हाम्रो जिद्धी र आवश्यकतालाई पूरा गर्न परिवार जुटिरहेको हुन्छ। परिवारको मायाको गलत फाइदा उठाउँदै आफ्नो जिद्धी स्वभावलाई निरन्तरता दिँदा त्यसले परिवारका सदस्यलाई चोट पुग्न सक्छ। आफ्नो मागमा परिवारका सदस्य असहमत भए, त्यसलाई सम्झने कोसिस हामीले गर्नुपर्छ। किनकि परिवारमा हामीभन्दा वरिष्ठ सदस्यका आफ्ना इच्छा र चाहना हाम्राभन्दा पनि धेरै हुन्छन्।

प्रकाशित: ९ वैशाख २०७४ ०५:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App