८ वैशाख २०८१ शनिबार
कला

कलाकार प्रदीप सिंहको निधन

काठमाडौं – लामो समयदेखि मृगौला रोगबाट पीडित कलाकार प्रदीप सिंहको शुक्रबार साँझ उपचारको क्रममा कलकत्तास्थित कलकत्ता मेडिकल एण्ड रिर्सच अस्पतालमामा निधन भएको छ। उनको गत वर्ष मृगौला प्रत्यारोपण गरिएको थियो।

‘पछिल्लो समय कलाकार संघको सदस्य भएर कलाकारको हकहितको लागि सक्रिय रुपमा उहाँ जुट्नु भएको थियो। नेपाली फिल्म क्षेत्रमा विगत ३३ वर्षदेखि सक्रिय कलाकार सिंह केही फिल्ममा निर्माताको रुपमा देखिनुभएको थियो। किड्नी टान्सफरपछि उहाँको कलाकारिता यात्रा केही सुस्त भएको थियो,’कलाकार संघका रामकेशर बोगटीले भने,‘उहाँको पार्थिक शरीर सोमबार राजधानी ल्याइने भएको छ।’

अभिनेत्री निशा अधिकारी अभिनित ‘पद्यिनी’मा देखिएका ५८ वर्षीय कलाकार सिंहले ‘देउता’, ‘रहर’, ‘मीतज्यू’ लगायत फिल्ममा अभिनय गरिसकेका छन्। २०४१ सालमा ‘२५ औं बसन्त’ नामक फिल्मबाट अभिनय यात्रा सुरु गरेको कलाकार सिंह निर्माताको रुपमा समेत देखिएका थिए । बौद्ध निवासी कलाकार सिंहका दुई छोरी, १ छोरा र श्रीमती छन्।

 

प्रकाशित: ९ वैशाख २०७४ ०८:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App