coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हिलिहाङ क्षेत्रमा पर्यटकीय विकासको प्रयास

पाँचथर– लामो समयदेखि संरक्षण नभएर भग्नवशेषमा परिणत भएकोे हिलिहाङ दरबार आसपासमा पर्यटकीय पूर्वाधारको विकासको प्रयास थालिएको छ। हिलिहाङ गाँउपालीकाको पञ्चमीमा पर्ने ऐतिहासिक दरबाार भएको दाबी गरिए पनि यसको विकासमा खासै ध्यान पुगेको देखिएको थिएन।

केही वर्षअघि पुरातत्व विभागको विशेषज्ञ टोलिले भग्नावशेको उत्खन्न गरेपछि यसको महत्व बढेको देखिन्छ। उत्खन्नपछि धेरै वर्षअघि यहाँ दरबार रहेको पुष्टि भएको थियो। यस क्षेत्रको गाँउपालिको नामाकरण हिलिहाङ नै राखिएपछि स्थानीय उत्साहित छन्। विभागमार्फत यस पटक २५ लाख रुपैयाँ बजेट विनियोजित भएको हिलिहाङ फाउण्डेसनका अध्यक्ष तथा अन्वेशक हर्कबहादुर योङहाङले जानकारी दिए। विभागका प्रमुखसहितले यो स्थानको निरीक्षण गरिसकेकाले यो क्षेत्रको ऐतिहासिक पक्ष पहिल्याउँदै विकासमा उक्त बजेट खर्चिने उनले बताए।

हिलिहाङ दरबार नजिकै खेल मैदान बनाइएको छ। खेलमैदान केही दिनअघि एक समारोहका बिच उद्घाटन गरीएको छ। पाँच लाख खर्चिए मैदान बनाइएको हो। जिल्ला र राजधानीमा हिलिहाङ दरवारका नाममा कार्यक्रम हुन्छन्। फुटवल प्रतियोगिताहरु भइरहेका छन्। सडक, चौतारी, घेरवारलगायतका काम भएका छन्।

हिलिहाङ क्षेत्रवरपर धार्मिक तथा सांस्कृतिक पुर्वाधार बनाउने काम अघि बढाइएको छ। जनस्तरमा साना साना कामहरु गर्दै हिलिहाङ दरवारलाई पर्यटकिय क्षेत्र बनाउन प्रयास भइहेको योङहाङ बताउँछन्। मेची राजमार्गबाट करिव १० मिनेट सवारी यात्रामा हिलिहाङ पुगिन्छ। प्राकृतिक रुपमा पनि विचरण गर्न उपयुक्त थलो भएको भन्दैं यसको विकासका लागि प्रयास भइरहको छ।

गाउँपालिको नाम पनि यसैमार्फत राखिएका अब विकास हुने आशा स्थानीयको छ। मध्यकालमा लिम्बुवान क्षेत्रमा शासन गरेका हिलिहाङ योङहाङको तत्कालीन दरवार अहिले भत्किएर इटाहरुमात्र छ ।  वर्षौ अघि भत्किएको दरवार क्षेत्रमा पाईने ऐतिहासिक पक्षको अध्ययन विभागले गरेको थियो । केहि बर्ष अघिनै विभागले  पुरातात्विक स्थलको रुपमा सुचिकरण गरिसकेको  छ ।  उत्खननको क्रममा पुराना किसिमका इँटा, दरवारको जग  लगायतका मानविय गतिविधिसँग जोडिएका संकेतहरु प्रसस्त भेटिएको बताइएको थियो ।
मध्यकालमा अग्ला गडिमा दरवार बनाएर शासन गर्ने प्रचलन अनुसार वनाइएका संरचना  मध्ये हिलिहाङ पनि महत्वपुर्ण पुरातात्विक स्थल रहेको योङहाङको भनाई छ । पूर्वी पहाडी क्षेत्रमा ईटा लगाएर वनाइएको पुरातन  दरवारमा हिलिहाङ र भोजपुरको टकसारमा रहेको दरवार मात्र रहेको जानकारी गराइएको छ।

 

प्रकाशित: ९ वैशाख २०७४ ०८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App