coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अत्यधिक भीडले असुरक्षित बन्दै सिड्नीका रेल स्टेशन

सिड्नी– अस्ट्रेलियाको राजधानी सिड्नीका रेल स्टेशनहरु अत्याधिक भीडभाडका कारण खतरापूर्ण बन्दै गइरहेका छन्। अस्ट्रेलियाका सहायक शहरहरुमा मान्छेको भीड बढेकाले गुणस्तरमा कमी आएको सिड्नी विश्वविद्यालयका यातायात विज्ञ जोफ्री क्लिफ्टको भनाइ छ।

अनुसन्धानकर्ताहरुका अनुसार इपिङ, स्ट्रिाथफिल्डलगायत उत्तरी सिड्नीका रेल स्टेशनमा बनाइएका कमजोर भौतिक संरचनाका कारण खतरापूर्ण हुँदै गएको छ। रेलका प्रयोकर्ताहरुको संख्या अत्याधिक मात्राका बढेकाले जोखिम बढ्दै गइरहेको छ। अत्याधिक भिडको विकल्पको रुपमा अर्को रेल स्टेशन स्थापना गर्नु मात्रा एक विकल्प भएको तर त्यो तत्कालै सम्भव नभएको अनुसन्धानकर्ताहरुको भनाइ छ।

यात्रुहरुको चढ्ने, बस्ने, ओलर्नेलगायतका प्रक्रियामा भने केही सुधार गर्न सकिने देखिएता पनि यसले अत्याधिक न्यून मात्राका मात्रै समस्याको समाधान गर्ने देखिन्छ। अत्याधिक मात्राका जनसंख्याका वृद्धि हुनु तथा एउटै व्यक्तिले पटक पटक रेलको प्रयोग गर्नुले पनि भिड बढेको देखिन्छ।
 

 

 

प्रकाशित: ९ वैशाख २०७४ १०:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App