coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सीता एयरको विमान दुर्घटनाबाट जोगियो

सोलुखुम्बु –  सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । 

काठमाडौँबाट लुक्लाका लागि उडेको नौ एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । 

आइतबार बिहान करिब ८ बजे अवतरणका क्रममा विमानस्थलको भित्तामा ठोक्किएर विमानको पखेटा फुटेको तर अन्य क्षति नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । विमानमा चालक दलका तीन सदस्यसहित १७ यात्रु सवार थिए । तीमध्ये १२ विदेशी रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । रासस

प्रकाशित: १० वैशाख २०७४ ०६:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App