७ वैशाख २०८१ शुक्रबार
समाज

कराते खेलाडी राई पुरस्कृत

सितोरियो कराते खेलाडी सञ्जयकुमार राईलाई टेम्के तुवाचुङ प्रतिभा पुरस्कार प्रदान गर्दै कवि उपेन्द्र सुब्वा ।  तस्बिर : दमन राई

खोटाङ – खोटाङका सितोरियो कराते खेलाडी सञ्जयकुमार राई पुरस्कृत भएका छन् । जिल्लामा सितोरियो करातेको वृद्धि विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै टेम्के तुवाचुङ प्रतिष्ठानले सितोरियो खेलाडी राईलाई टेम्के तुवाचुङ प्रतिभा पुरस्कार प्रदान गरेको हो । 

जिल्लाको भाषा, कला, साहित्य, गीतसंगीत, खेलकुद लगायतका क्षेत्रमा विशेष योगदान पुर्याउने उत्कृष्ट एक जना प्रतिभालाई प्रदान गरिने ११ हजार १११ रुपैयाँ राशीको पुरस्कार यस वर्ष राईलाई प्रदान गरिएको हो । टेम्के तुवाचुङ प्रतिष्ठानले आफ्नो तेश्रो वार्षिकोत्सवको अवसर पारेर सञ्जयलाई पुरस्कार प्रदान गरेको हो । शनिबार दिक्तेलस्थित जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित बार्षिकोत्सव एबं अलग अभियानको साहित्यीक तथा सांगीतिक कार्यक्रममा कबि उपेन्द्र सुब्बाले सितोरियो करातेका खेलाडी राईलाई नगद तथा कदरपत्र प्रदान गरे ।

२०५८ सालदेखि सितोरियो कराते खेल क्षेत्रमा क्रियासिल राई सितोरियो करातेमा क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक बिजेता हुन् । रुपाकोट मझुवागढी नगरपालिका लफ्याङ निवासी राईले हाल सितोरियो कराते संघ खोटाङको अध्यक्षको जिम्मेवारी सम्हाली रहेका छन् । उनी सन् २००८ मा धरानमा सम्पन्न दोश्रो बिपी मेमोरियल अन्र्तराष्ट्रिय कराते प्रतियोगीता, सन् २०१३ मा काठमाडौंमा आयोजित नेपाल ओपन इन्टरनेशनल च्याम्पीयनसिप र हिम्स राष्ट्रिय कतारे च्याम्पीयनसिपका गोल्ड मेडल बिजेता हुन् । उनले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीताको छनौट खेलमा पनि गोल्ड मेडल जितेका थिए ।

सितोरियो करातेका क्षेत्रमा आफू लागेर पछिल्लो पुस्तालाई समेत यसतर्फ लाग्न उत्प्रेरित गर्दैआएकामा राईलाई पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले बताए । हङकङमा बसोबास गरिरहेका नेपाली साहित्यकारको पहलमा स्थापना गरिएको २ लाखको अक्षय कोषबाट प्रतिष्ठानले विभिन्न विधाका प्रतिभालाई पुरस्कृत गर्दैआएको छ ।

टेम्के तुवाचुङ प्रतिष्ठानले गत मंसिर २७ गतेदेखि २९ गतेसम्म बिराटनगरमा आयोजित सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौट खेलमा सितोरियो करातेतर्फ स्वर्ण पदक बिजेता रोश्मा राई, मिसडोना राई र सन्तोष राईलाई पनि प्रोत्साहन स्वरुप कदरपत्र प्रदान गरेको छ ।

प्रकाशित: १० वैशाख २०७४ ०६:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App