८ वैशाख २०८१ शनिबार
राजनीति

बर्दियामा माओवादी केन्द्रको उम्मेदवार घोषणा

बर्दिया – यही वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि बर्दियाका छ नगरपालिका र दुईवटा गाउँपालिकाका लागि नेकपा माओवादी केन्द्रले प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । 

राजापुर नगरपालिकाको प्रमुखमा दीपेश थारू तथा शिवप्रसाद थारू उपप्रमुखमा मनकला थारू, गेरुवा गाउपालिकाको प्रमुखमा बेहगराज थारू उपप्रमुखमा लीला थारू, मधुवन नगरपालिकाको प्रमखमा गणेश केसी उपप्रमुखमा सुभरानी थारूलाई सिफारिस गरिएको छ । 

गुलरिया नगरपालिकाको प्रमुखमा गेहेन्द्र ढकाल उपप्रमुखमा मिथिला फुयाल, बारबर्दिया नगरपालिकाको प्रमुखमा दुर्गा थारू र उपप्रमुखमा अन्जु दहितको नाम सिफारिस गरिएको छ । 
ठाकुरबाबा नगरपालिकाको प्रमुखमा नेत्र आचार्य उपप्रमुखमा कृष्णकुष्मा थारू, वासगढी नगरपालिकाको प्रमुखमा दिनाराम थारू उपप्रमुखमा भूमि विक, बढैयाताल गाउँपालिकाको प्रमुखमा लल्लुराम थारू र उपप्रमुखमा राधा आचार्यको नाम सिफारिस गरिएको छ । 

शनिवार सार्वजनिक गरिएको उम्मेदवारको नामावली प्रदेशमा पठाइएको र त्यही नामावली अन्तिम हुने नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष तिलक शर्मा हिमालले बताए। रासस 

प्रकाशित: १० वैशाख २०७४ ०७:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App