६ वैशाख २०८१ बिहीबार
राजनीति

'दुई चरणको चुनाबमा एमालेलाई आपत्ति छैन'

एमाले सचिव योगेश भट्टराई। फाइल तस्विर

काठमाडौं—मधेसी मोर्चालाई सहभागी गराएर सरकारले दुई चरणमा स्थानीय निर्वाचन गर्ने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी एमाले त्यसमा अाफूलाई कुनै अापत्ति नहुने जनाएको छ।

'दुई चरणका लागि एमालेको कुनै आपत्ति नै होइन आचारसंहिता लागू भएको अवस्थामा बजेट ल्याएर चुनाबमा जाने विषय मिल्ने देखिँदैन', उनले भने, 'दुई चरणको निर्वाचन जेठ १५ अगाडि गरिसक्नु पर्छ।'

एमाले सचिव योगेश भट्टराईले नागरिकन्युजसँग कुरा गर्दै भने, 'सरकारले दुई चरणमा निर्वाचन गर्ने भनिरहेको छ। त्यसमा हाम्रो आपत्ति छैन। तर निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी जेठ १५ मा बजेट ल्याएर कसरी चुनाब हुन्छ?' संविधानको व्यवस्थाअनुसार सरकारले आर्थिक वर्ष २०७४/७५ को बजेट जेठ १५ मा ल्याउनुपर्ने हुन्छ।

जेठ १५ अगाडि निर्वाचन सम्पन्न गर्न सके सरकार अप्ठ्यारोमा नपर्ने उनको तर्क छ। 'दुई चरणका लागि एमालेको कुनै आपत्ति नै होइन आचारसंहिता लागू भएको अवस्थामा बजेट ल्याएर चुनाबमा जाने विषय मिल्ने देखिँदैन', उनले भने, 'दुई चरणको निर्वाचन जेठ १५ अगाडि गरिसक्नु पर्छ।'

संविधान संशोधन असफल पार्ने

मधेसी मोर्चाका माग सम्बोधन गर्न भन्दै सरकारले परिमार्जनसहित संविधान संशोधनको तयारी गरिरहँदा प्रमुख प्रतिपक्षी दल एमालेले त्यसलाई असफल पार्ने उनले बताए। 'हामी पहिलैदेखि संविधान संशोधनको पक्षमा पक्षमा छैनौं। सरकारले संशोधन प्रस्ताव ल्याउँदा हामी त्यसमा अवरोध गर्दैनौं। प्रक्रिया र छलफलमा जान दिन्छौं तर दुई तिहाई पुग्न नदिएर असफल पार्छौं।'

मधेसी मोर्चाले राख्दै आएको संविधान संशोधनको शर्त पालना गरेर सरकार उनीहरुलाई चुनाबमा सहभागी गराउने प्रयासमा छ। सत्तारुढ घटक र मोर्चाका सदस्य रहेको चार सदस्यीय कार्यदलले संविधान संशोधनका विषयमा छलफल गरिरहेको छ। कार्यदलले फाइनल गरेका बुँदालाई समावेश गरी संविधान संशोधन प्रस्ताव परिमार्जन हुनेछ। त्यसपछि सो प्रस्ताव संसदमा प्रक्रियाका लागि जानेछ।

प्रकाशित: १० वैशाख २०७४ ०८:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App