७ वैशाख २०८१ शुक्रबार
समाज

जीप दुर्घटनामा एकको मृत्यु

पाल्पा- रिब्दीकोट गाउँपालिका–७ पालुङ्गमैनादीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा पालुङ्गमैनादी–७ का ३० वर्षका दानबहादुर गाहाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन्।

पालुङ्गमैनादीबाट जिल्ला सदरमुकाम तानसेनका लागि छुटेको लु १ ज १५८१ नम्बरको जीप आइतबार बिहान ८ बजे पालुङ्गमैनादीको चाँचरी भन्ने स्थानमा जीप दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका पालुङ्गमैनादी–७ कै ४६ वर्षका प्रेमबहादुर गाहा र उनका छोरा १० वर्षका भुवन गाहाको युनाईटेड मिशन अस्पताल तानसेनमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

जीप सडकबाट एक सय ५० मीटर तल खसेको छ। जीपमा चालकसहित चार जना मात्रै सवार थिए। 

 

प्रकाशित: १० वैशाख २०७४ १०:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App