coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राउटे महिला डुग्री शाहीको मृत्यु

उपचार नपाएर मृत्यु भएकी डुग्रीलाई केही महिना अघि बस्तीमै चेकजाँच गर्दै क्षेत्रीय अस्पतालका डा. पारस। नगेन्द्र उपाध्याय

सुर्खेत- पाठेघर र निमोनियाले बस्तीमै थलिएकी राउटे महिलाको उपचार नपाएरै मृत्यु भएको छ। राउटे महामुखिया मैनबहादुर शाहीकी २५ वर्षीया छोरी डुग्री शाहीको शनिबार राती मृत्यु भएको हो। राउटे समुदाय अहिले पनि झारफूक र जडिबुटीमै विश्वास राख्छ। अस्पतालमा गएर उपचार गराउन मान्दैन्। डुग्रीलाई अस्पतालसम्म पुर्‍याउने प्रयास गरिएपनि सफल हुन नसकेको स्वयम्सेवक धनबहादुर बुढाले जानकारी दिए।

‘राउटे उत्थान प्रतिष्ठान र उपराष्ट्रपतिका छोरा दिपेश पुनले डुग्रीलाई अस्पताल लग्ने धेरै प्रयास गरेका थिए’ बुढाले भने, ‘राउटे समुदायले मानेनन्।’ उनी एक वर्षदेखि बस्तीमै थलिएकी थिइन् । तीन पटकसम्म विशेषज्ञ चिकित्सकको टोली गएर बस्तीमै डुग्रीको उपचार गरेको थियो। ‘पाठेघरमा गम्भीर संक्रमण हुनुका साथै निमोनिया पनि थियो’ अघिल्लो महिना उपचारका लागि राउटे बस्ती पुगेका मध्यपश्चिम क्षेत्रीय अस्पतालका डा. पारस चिपासुले भने, ‘हामीले पनि अस्पतालसम्म ल्याउने प्रयास गरेका थियौं, सफल हुन सकेनौं।’

एक साता अघि मात्रै चन्द्रमान शाहीकी पाँच वर्षीया छोरी सुदिमाको पनि मृत्यु भएको थियो। निरन्तरको प्रयासपछि आगोले पोलिएका राउटे युवा कपिल शाही अहिले काठमाडौंमा उपचार गराइरहेका छन्। झारफूक र जंगली जडिबुटीको भरपर्दा राउटे समुदायको जनसंख्या निरन्तर ओरालो लागिरहेको छ। २०७१ सालमा पहिलो पटक फोटोसहितको गणना गर्दा एक सय ६२ राउटे थिए । तीन वर्षको त्यो संख्या घटेर एक सय ४६ को हाराहारीमा पुगेको छ।

 

 

प्रकाशित: १० वैशाख २०७४ १३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App