coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्वास्थ्य मन्त्रालयद्धारा मणिपाल शिक्षण अस्पताललाई खरेजीको चेतावनी

काठमाडौं-  मुस्ताङको कागबेनीमा हिजो शनिबार भएको दुर्घटनामा परी घाइते भएकाहरुलाई आकस्मीक उपचार सेवा नदिएको बारेमा स्वास्थ्य मन्त्रालयले पोखराको मणिपाल शिक्षण अस्पतालसँग स्पष्टिकरण माग गरेको छ।

 पत्र बुझेको २४ घण्टा भित्र स्पष्ट कारण र आधार सहित स्पष्टिकरण पेस गर्न मन्त्रालयले अस्पताललाई निर्देशन दिएको छ। संविधानको धारा ३५ उपधारा १ मा प्रत्येक नागरिकलाई अकस्मीक स्वास्थ्य सेवाबाट बन्चीत गरिने छैन भन्ने संवैधानिक व्यवस्था विपरित त्यहाँका चिकित्सकहरुले घाईतेहरुलाई आकस्मीक सेवा नदिएकाले स्पष्टीकरण मागिएको मन्त्रालयले जनाएको छ।

 त्यसैगरी अत्यावश्यक सेवा संचालन ऐन २०१४ बमोजिम स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकाले स्वास्थ्य सेवा प्रवाह गर्ने ठाउँमा बन्द हडताल गर्न नपाईने भएकाले उनीहरुले कानुनको उल्लंघन गरेको मन्त्रालयको ठहर छ। संवैधानिक तथा कानुनी दायित्व उलंघन गरेकाले त्यस संस्थालाई प्रचलिन कानुन बमोजिम किन खारेजी सम्मको कारबाही किन नगर्ने भनेर मन्त्रालयले मणीपाल शिक्षण अस्पताललाई स्पष्टीकरण पत्र पठाएको छ।

 मन्त्रालयले घटनाको छानविन गर्न चिकित्सा सेवा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति पनि बनाएको छ । समितिको समस्यहरुमा वीर अस्पतालका डा ढुण्डीराज पौडेल र मन्त्रालयका उपसचिव भवनाथ खतिवडा रहेका छन्। समितिलाई तीन दिन भित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ। शिक्षण अस्पताल शिक्षा मन्त्रालय मातहतमा पर्ने भएपनि शिक्षण अस्पतालले जनस्वास्थ्यमा खेलवाड गरेकाले स्वास्थ्य मन्त्रालयले अग्रसरता लिनु परेको मन्त्रालयले स्पष्ट पारेको छ।

 

प्रकाशित: १० वैशाख २०७४ १४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App