coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एट्लेटिकोको जितमा ग्रिजम्यान नायक

मड्रिड- एन्टोनी ग्रिजम्यानको गोलप्रेरित एट्लेटिको मड्रिडले शनिबार स्पालियोलविरुद्धको अवे खेलमा १–० को विजय हासिल गरेको छ। स्पानियोल भ्रमणमा ग्रिजम्यानले १७औं मिनेटमा गोल गर्दै नायक बनेको दिन गोलकिपर जन ओब्लाकले पनि उत्कृष्ट प्रदर्शन गरे। ओब्लाकले डेनी लियो बाप्टिस्टाको सशक्त प्रहार बचाएपछि स्पानियोलको अंक बाँड्ने आशा सकिएको थियो। लिगमा ग्रिजम्यानको यो १६औं गोल हो भने सबैखाले प्रतियोगितामा २५औं गोल हो।

जितसँगै तेस्रो स्थानका लागि प्रतिस्पर्धामा रहेको एट्लेटिकोले सेभियासँगको दूरी ३ अंकले बढाएको छ भने दोस्रो स्थानको बार्सिलोनासँगको दूरी ४ अंकमा छोट्याएको छ।

एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलमा लेस्टर सिटीविरुद्ध खेलेको टोलीमा १ खेलाडी मात्र परिवर्तन गरेका थिए। एट्लेटिकोले इङ्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीलाई हराउँदै च्याम्पियन्स लिग सेमिफाइनलमा स्थान बनाएको थियो। एट्लेटिको सेमिफाइनलमा सहरी प्रतिद्वन्द्वी रियाल मड्रिडविरुद्ध खेल्दै छ। पछिल्लो चार वर्षमा एट्लेटिकोले च्याम्पियन्स लिगको सेमिफाइनलमा  रियालविरुद्ध खेल्न लागेको यो तेस्रो पटक हो।

‘२०१६ भन्दा २०१७ हाम्रा लागि सुखद बनेको छ। घरेलु मैदानमा स्पानियोल निकै बलियो टोली हो तर हामीले अन्तिमसम्म हार मानेनौं नतिजा आफ्नो पक्षमा पर्न सफल भयौं,’ एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले भने, ‘हाम्रो रक्षापंक्ति सुदृढ बनेको छ र जित पनि हात पारिरहेका छौं। मलाई विश्वास बाँकी सिजन हामीले अझ राम्रो प्रदर्शन गर्नेछौं।’

ब्राजिलियन फरवार्ड विलियान जोसेले पहिलो हाफमा गरेको गोलमा रियाल सोसिडाडले डेपोर्टिभो ला कोरुनालाई १–० ले हराउँदै अर्को सिजन युरोपा लिग खेल्ने आशा कायम राखेको छ।

जोसेले २८औं मिनेटमा हेडमार्फत गोल गर्दै सोसिडाडलाई अग्रता दिएका थिए। लिगमा पाँच चरणका खेल बाँकी रहँदा जितसँगै सोसिसाड छैटौं  स्थानमा छ। सोसिडाडले सातौं स्थानको एथलेटिक बिल्बाओलाई २ अंकले पछि छाडेको छ। एट्लेटिको भने १६औं स्थानमा छ। जुन रेलिगेसन क्षेत्रभन्दा ८ अंकले माथि हो।

प्रकाशित: ११ वैशाख २०७४ ०२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App