८ वैशाख २०८१ शनिबार
विचार

रमण महर्षिलाई सम्झँदा

आज रमण महर्षिको महासमाधि दिवस। हुन त अंग्रेजी क्यालेन्डरअनुसार उहाँले १४ अप्रिल १९५० का दिन शरीर छाड्नुभएको हो। तर यस वर्ष तिथिअनुसार त्यो दिन २४ अप्रिलमा परेको छ। उहाँको आश्रममा यो दिन तिथिअनुसार नै मनाउने चलन छ।

पवित्रताको आफ्नै स्वाद र सन्तुष्टि हुन्छ। रमण महर्षिको हृदयको पवित्रता र माधुर्य आज पनि रमण आश्रमको भोजनमा अनुभव गर्न सकिन्छ।

विगत शताब्दीमा पैदा भएका गुरुमध्ये ओशोले बडो आदर र सम्मानका साथ अनेकौं चोटि सम्भि्कएका गुरु रमण महर्षि एक हुन्। समाधि आफैँमा एक बडो दुर्लभ उपलब्धि हो। यसका लागि अनेक जन्मको तपस्या र साधना तथा गुरुको मार्गदर्शन चाहिँदोरहेछ। तर यो दुर्लभ उपलब्धि प्राप्तिपछि ९९ प्रतिशत मानिसले संसारतिर फर्केर हेर्दैन। आफ्नो समाधिको परम् आनन्दमा लीन भई मौन हुन्छ। बुद्धले यस्ता समाधीस्थ व्यक्तिलाई अर्हत र महावीरले यिनलाई अरिहन्त भन्नुहुन्छ। दुवैको एउटै अर्थ हो। जसको स्वयम् आफूभित्र र यो संसारमा अब कुनै शत्रु छैन। सय बुद्ध पुरुषमध्ये एक यस्ता अत्यन्त करुणाले भरिएका हुन्छन् जो परम् आनन्दको अनुभूति गरिसकेपछि दुःखी र विशादमा फसेको मनुष्यतालाई बिर्सन सक्दैनन् र उनीहरूको मुक्तिका लागि धेरै प्रयास गर्छन्, प्रवचन दिन्छन्, आश्रम निर्माण गर्छन् र अनेकौं व्यक्तिलाई दीक्षा दिई शिष्य बनाउँछन्। यस्ता गुरुलाई महावीरले तीर्थंकर र बुद्धले बोधिसत्व नाम दिनुभयो। रमण महर्षि, शिवपुरी बाबा, कृष्णमूर्ति आदि बुद्धको परिभाषाअनुसार अर्हत प्रकारका बुद्ध भए जसले न कसैलाई दीक्षा दिए न आश्रम बनाए। बुद्ध, महावीर, शंकराचार्य, ओशो जस्ता गुरु तीर्थकर हुन् जसले लाखौं शिष्य बनाए, धेरै आश्रम निर्माण गरे, प्रवचन दिए र ध्यानका अनेकन् विधि बनाई साधनाका अनेक उपाय खोजे र मनुष्यतालाई जगाउने हरसम्भव प्रयास गरे। उहाँले शरीर छाडिसके पनि अनेकानेक साधक उहाँहरूको मार्गमा साधनारत छन् र मुक्त भइरहेका छन्।

जो बुद्ध पुरुष मौन रहे, आत्मस्वरूपमा निमग्न भई संसारको धेरै चिन्ता गरेनन् उनीहरू विवादास्पद पनि भएनन्। समाजका जति मानिसले उनलाई चिने, तिनीहरूले उनको सत्कार र आदर गरे। जो गुरु मनुष्यको पीडा र विशाद देखेर उसलाई मद्दत गर्न सक्रिय भए र समाजको कुरीति, जड भएको धार्मिक रीतिथिति बदल्ने ठूलो जोखिम उठाए, उनीहरू आफ्नो जीवनकालमा धेरै आलोचित भए, विवादमा पनि परे। उनीहरूको त्यो प्रयासलाई सहन नसकी मुढ मनुष्यताले उनीहरूमध्ये धेरैको हत्यासम्म गर्‍यो । सुकरात, सरमद, मन्सुर र ओशो मनुष्यलाई जगाउने यही अतिशय करुणाका कारण मारिए। रमण महर्षि, शिवपुरी बाबा र कृष्णमूर्ति जस्ता बुद्धपुरुष धेरै विवादित भएनन्। लामो कालसम्म शरीरमा रहे र शान्तिपूर्ण जीवन जिए।

१७ वर्षकै उमेरमा रमण महर्षिको हृदयमा परम् वैराग्य उदय भयो। घर परिवार, आफ्नो पढाइ र संसारिक जीवन त्यागेर उनी तिरुवन्न्मलैको पवित्र पर्वत अरुणाञ्चलको विरुपाक्ष गुफामा आई बसे। र, आफ्नो जीवनको अन्तिम कालसम्म स्वयम्मै मग्न भई ५४ वर्ष त्यो पर्वतकै सेरोफेरोमा बसे। ५४ वर्ष एकै ठाउ“मा आनन्दित र तृप्त बस्न आफूभित्र अनन्त स्थिरता, स्वनिष्ठा र विश्रान्ति चाहिन्छ।

रमण महर्षिले घुमेर कहीं प्रवचन दिनुभएन। शिष्य पनि बनाउनुभएन। गुफा प्रवासपछि सुरुका दिनमा उहा“ एक सानो झुपडीमा बस्नुहुन्थ्यो। पछि स्वतः सबै विकास हु“दै गयो र त्यसले एक सानो आश्रमको रूप लियो। अरु ठाउ“मा आश्रम विस्तार गर्ने र नया“ शाखा/प्रशाखा बनाउने उहा“मा इच्छा थिएन। न उहा“ले कसैलाई चन्दा सहयोग नै माग्नुभयो। आफँैमा प्रसन्न आत्माराम उहा“को स्वभाव थियो। उहा“को एक विशेष बानी थियो– आश्रममा आउने कसैलाई उहा“ले बोलाउनु पनि भएन र आएका कसैलाई जाउ पनि भन्नुभएन। मानिस आफ्नै मर्जीले आश्रममा आउ“थे र जति मन लाग्यो बस्थे अनि आफ्नै मर्जीले जान्थे। जति जना आए पनि आश्रममा तीन छाक निःशुल्क आवास र भोजनको व्यवस्था उहा“ले गर्नुहुन्थ्यो। एकाबिहानै उठी स्वयम् आफैँ पनि भान्छाकोठामा गएर भोजन बनाउन घण्टौं सहयोग गर्नुहुन्थ्यो। उहा“को विशेष ध्यान हुन्थ्यो– कोही आगन्तुकले खाना खायो कि खाएन भन्नेमा। उहा“ जोड दिनुहुन्थ्यो कि आश्रम आएका सबैले भोजन अवश्य गरुन्। साधारण, मीठो तर सात्विक भोजनको व्यवस्था आजसम्म पनि आश्रममा छ।

उहा“को अन्तिम दिनको कुरा हो। उहा“लाई लागेको रोगको उपचारका लागि मद्रासबाट डाक्टर बोलाइएको थियो। उहा“ लगभग अन्तिम अवस्थामा हुनुहुन्थ्यो। अन्तिम श्वास लिइरहनु भएको थियो। ती डाक्टरले उहा“लाई जाँच्न थाले। उहा“ले आँखा खोलेर आफ्नो स्वास्थ्यबारे केही सोध्नुभएन तर डाक्टरलाई पहिलो प्रश्न गर्नुभयो– ‘खाना खानुभयो कि भएन?' डाक्टरले भने– ‘तपाईं चिन्ता नगर्नूस्, मैले खाइसकेंँ।' त्यो सुनेर रमण महर्षिले निश्चिन्त भई फेरि आ“खा बन्द गर्नुभयो, मौन हुनुभयो र शरीर छाड्नुभयो। यस्तो थियो उहा“को करुणा।

अरुणाञ्चलको त्यो आश्रमको भान्छाघरमा उहा“ले वर्षौं आफैं सेवा गर्नुभएकाले त्यो ठाउ“ नै तीर्थस्थल बनेको छ। त्यो भान्छाघर मन्दिर बनिसकेको छ। आज त्यहा“ जसले जे बनाए पनि त्यहा“को जस्तो स्वादिलो खाना कतै छैन। त्यहा“को खानामा अलौकिक स्वाद छ। धेरै शुद्ध आश्रमको भोजनमा मात्र त्यो स्वादको अंश मैले पाएको छु।

२८ वर्षअघि नेपालबाट एक समूह लिएर म त्यहा“ प्रथमचोटि पुगेको थिए“। त्यहा“ वर्षैभर एकै किसिमको भोजन हुन्थ्यो। रमण महर्षिको धारणा के थियो भने अनेक प्रकारका भोजनले मन चञ्चल हुन्छ। साधकले सकेसम्म सादा एकै प्रकारको नियमित भोजन गर्नुपर्छ। यो बानी मैले अनेक साधु पुरुषमा देखेको छु। उनीहरू जीवनपर्यन्त एकै प्रकारको सादा भोजन गर्छन् र उनमा अनेक प्रकारको स्वादिलो भोजनको कुनै आकांक्षा हंंुँदैन। ओशो भन्नुहुन्छ– ‘ठूलाठूला होटेल र पार्टीमा धेरै प्रकार र अनेक स्वादका भोजन हुन्छन् तर त्यसमा जीब्रा र स्वादको मात्रै तृप्ति हुन्छ, त्यसमा कुनै प्राण शक्ति हुँंदैन। प्रेम र पवित्रताले बनाएको सादा खानामा प्रचुर मात्रा प्राण ऊर्जा हुन्छ र त्यस्तो भोजनले मनलाई एकचित्त राख्न मद्दत गर्छ। आहारको शुद्धिमाथि हाम्रा मनिषिहरूले गहिरो अध्ययन गरेका छन् र भोजनको पवित्रतामाथि हिन्दु र जैन जति गहिरो दृष्टि कसैको देखिँदैन।'

रमण महर्षिको आश्रममा बिहान इडली रनरिवलको चटनी, दिउ“सो भात, साम्वर र नूनिलो मोही अनि बेलुका पनि भात, साम्वर र नूनिलो मोही दिइन्छ। प्रारम्भदेखि अहिलेसम्म आश्रममा भोजनको यही चलन छ। बिहान जलपान र अपराह्न आधा कप कफी दिने चलन छ। मस“ग गएका नेपाली मित्रहरू त्यो खानाबाट केही दिनमै अघाएछन् र उनीहरू स्वादिलो खान यताउति होटलमा जान थाले। मलाई त्यहा“को खानाले लठ्ठ पारेको थियो र आजसम्म पनि बिर्सिन सकेको छैन। म कहिल्यै कफी मन नपराउने मान्छे। तर रमण आश्रममा दिइने शुद्ध गाईको दूधमा बनाएको त्यो कफीले मलाई बयान नै गर्न नसक्ने गरी मोहनी लगाएको थियो। त्यहा“ कफी थप्ने चलन छैन। सानो स्टिलको ग्लासमा आधा ग्लास जति कफी दिइन्थ्यो। कफीको स्वादको दैवी आनन्द र त्यो कफी छिटै सिद्धिन्छ भन्ने पिर पनि हुन्थ्यो। तर त्यो कफीको एक एक थोपा स्वाद लिई बिस्तारै पिउ“थे। महर्षि आश्रमको त्यो कफी अमृतसमानै लाग्छ। म सामान्यतः रोटी मन पराउँछु एक छाक। दक्षिण भारतमा रोटी बनाउने चलन छैन। दुई समय नै भात खान अप्ठ्यारो नै होला भन्ने लागेको थियो। तर त्यो भात र साम्वर यति स्वादिष्ट लाग्यो कि म खानाको लाइनमा प्रथम नै बस्न पहिलै पुग्थेँ। भात, साम्वर केराको पातमा दिइन्थ्यो। त्यो भात सकिएर केराको पात पनि खाउ“खाउ“ जस्तो लाग्थ्यो। भोजन त्यति स्वादिष्ट र तृप्तदायक हुन सक्छ, त्यो आश्चर्य मैले आश्रमहरूको भोजनमा अनुभव गरेको छु। पवित्रताको आफ्नै स्वाद र सन्तुष्टि हुन्छ। रमण महर्षिको हृदयको पवित्रता र माधुर्य आज पनि रमण आश्रमको भोजनमा अनुभव गर्न सकिन्छ। उहा“ आफँैले पनि त्यो भान्छाघरमा वर्षौं नियमित सेवा गर्नुभएकाले त्यसको कणकणमा एक जीवनमुक्त पुरुषको उपस्थिति र पवित्रताआच्छादित छ। र, त्यहा“ जे पाक्छ त्यसमा त्यही पवित्रताको सुगन्ध आउ“छ।

मेरा गुरु ओशो भन्नुहुन्थ्यो– ‘रमण महर्षि र रामकृष्ण परमहंस जस्ता व्यक्तिहरू निष्ठा र पवित्रताका अवतार हुन्। उनीहरूलाई सम्झँदा र उनीहरूको परिचर्चाले हाम्रो हृदयको मयल पखालिन्छ र आध्यात्मिक आनन्दले भरिदिन्छ।' यो पंक्तिकार पनि रमण महर्षिको महासमाधि दिवसको यो पवित्र दिनमा तपाईंको निष्ठा र पवित्रताले हृदय छोओस् भन्ने प्रार्थना गर्छ।

प्रकाशित: ११ वैशाख २०७४ ०३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App