७ वैशाख २०८१ शुक्रबार
समाज

आगलागीबाट एकै घरका तीन बालबालिकाको मृत्यु

कोहलपुर – गएराती डुडुवागाउँपालिका १ बुडुवागाउँमा आगलागी हुँदा एकै घरका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ वर्षीय पवन मौर्य, १० वर्षीय सोनी मौर्य र ८ वर्षीया रझनी मौर्या रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । 

आइतबारराती ११ बजेको हावाहुरीसँगै एक्कासी लागेको आगलागीबाट घरमा सुतिरहेका बेला स्थानीय मुन्सी मौर्याका तीन छोराछोरीको मृत्यु भएको हो । आगलागीबाट बुडुवा गाउँका ८ घर जलेर नष्ट भएका छन् । 

आगलागीको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । अहिले पनि घटनास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको भीड रहेको छ । घरका अविभावक घरबाहिर खटिएका सुतेको र बालबालिका घरभित्र सुतेको अवस्थामा उनीहरूले एक्कासी गाउँमा लागेको आगलागीबाट जलेको बाँके प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले बताए । हावाहुरीसंगै लागेको आगोपछि थोरै समयमा गाउँमा आगो फैलादा मानवीय र अन्य क्षति धेरै भएको उनले भने । 

राती अबेर नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट भएको अन्य पशुपंक्षी, अन्नबाली, घरायसी सामानको क्षतिको विवरण आउन बाँकी छ । 

प्रकाशित: ११ वैशाख २०७४ ०५:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App