८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

बस दुर्घटनामा ८ को मृत्यु ४० घाइते

नयाँ दिल्ली – पूर्वी भारतीय राज्य झारखण्डमा एउटा बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु हुनाका साथै अन्य ४० जना घाइते भएका भारतीय प्रहरी सूत्रले जानकारी दिएको छ । 
उक्त दुर्घटना झारखण्ड राज्यको प्रान्तीय राजधानी राँचीनजिकै पिथौरिया भन्ने ग्रामीण इलाकामा भएको छ। 

स्थानीय एक बिबाह उत्सव मनाउन गै रहेका निम्तालुहरु सो दुर्घटनामा परेका छन् । गर्मीका कारण केही यात्रुहरु बसको छतमा बसी यात्रा गरिरहेका र बस निकै तेज गतिमा दौडाइएको थियो । 

तेज गतिमा कुदिरहेको बसका चालकले गन्तब्य पुग्नुभन्दा अघि सडकमा रहेको एक खतरनाक घुम्तीमा सन्तुलन गुमाउन पुग्दा बस नै तीन बल्ड्याङ्ग खान पुगी दुर्घटनाग्रस्त भएको प्रहरी श्रोतले जनाएको छ । 

दुर्घटनाग्रस्त बसका यात्रुहरुको उद्धार गर्न ठूलो सङ्ख्यामा स्थानीय गाउँबासीहरु तथा प्रहरीहरु दौडँदै घटनास्थल पुगेका थिए । 

दुर्घटनामा परी मृत्यु हुनेहरुप्रति झारखण्ड राज्यका मुख्यमन्त्री रघुवर दासले हार्दिक श्रद्धाञ्जलि ब्यक्त गर्नुका साथै घाइतेहरुका शीघ्र स्वास्थलाभको कामना गरेका छन् । 

मृतक र घाइते हुनेहरुका परिवारजनलाई राहत स्वरुप राज्यले आर्थिक सहयोग उपलब्ध गराउने पनि उनले आश्वासन दिएका छन् । 

प्रकाशित: ११ वैशाख २०७४ ११:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App