coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बेङ्लोर ४९ रनमा अलआउट

नयाँ दिल्ली- रोयल च्यालेन्जर्स बेङ्लोरका कप्तान विराट कोहलीले आइतबार कोलाकाता नाइट राइडर्सविरुद्ध आफ्नो टोली इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासकै सानो योगफलमा समेटिँदा निकै पीडा भएको बताएका छन्।

१ सय ३२ रनको मध्यम स्कोर पछ्याएको बेङ्लोरले ९.४ ओभरमा सबै विकेट गुमाएर ४९ रन मात्र जोड्न सकेको थियो। क्रिस गेल, विराट कोहली र एबी डी भिलियर्सजस्ता ब्याट्सम्यान सम्मिलित बेङ्लोरले बनाएको यो योगफल आइपिएल इतिहासकै सबैभन्दा थोरै हो।

कप्तान कोहली डकआउट भएर सुरु भएको बेङ्लोरको इनिङमा कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा बेङ्लोरका लागि केदार जाधवले सबैभन्दा धेरै ९ रन बनाए।

यसअघि राजस्थान रोयल्स (अहिले स्पट फिक्सिङका कारण प्रतिबन्धमा छ)ले २००९ मा बेङ्लोरविरुद्ध बनाएको ५८ रनको स्कोर आइपिएलमा बनेको सबैभन्दा सानो योगफल थियो।

‘हाम्रो खराब ब्याटिङ प्रदर्शनले साँच्चिकै दुखी बनाएको छ,’ निराश देखिएका कोहलीले आइतबार भने, ‘दोस्रो इनिङ फर्केर हेर्नलायक रहेन। यो निकै खराब रह्यो। हामीले यसलाई बिर्सेर अघि बढ्नुपर्छ। हामी धेरै राम्रो टोली हौं।’

यस हारसँगै बेङ्लोर अंकतालिकाको पुछारमा छ भने कोलाकाता दोस्रो स्थानमा छ। पहिलो स्थानमा मुम्बई इन्डियन्स रहेको छ। म्यान अफ दी म्याचसमेत रहेका कोलकाताका बलर नाथन कोउल्टर नेलले २१ रन दिएर ३ विकेट लिए। पहिलो ओभरको तेस्रो बलमै कप्तान विराट कोहलीलाई पवेलियन फर्काएका नेलले डी भिलियर्स (८) र केदार जाधव (९) लाई आउट गरेका थिए।

नेललाई क्रिस वोक्सले ६ रन दिएर ३ विकेट तथा कोलिन डी ग्रान्डहोमले ४ रन दिएर ३ विकेट लिएर साथ दिएका थिए। उमेश यादवको नाममा १ विकेट रह्यो। बेङ्लोरले थप ९ रन जोड्दा पछिल्लो ६ विकेट गुमाएको थियो।

‘प्रतियोगितामा हामीले फेरि यस्तो ब्याटिङ गर्नु हँुदैन। अबका एकपछि अर्को खेल जित्दै प्रतियोगितामा लय समाउनुपर्छ,’ कोहलीले थपे।

त्यसअघि टस हारेर ब्याटिङ निम्त्याइएको कोलकाताले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो। कोलकाताका लागि ओपनर सुनील नारिनले सबैभन्दा धेरै ३४ रन बनाए। १७ बलमा ६ चौका र १ छक्का प्रहार गरेका नारिनले कप्तान गौतम गम्भीरसँग पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए। गम्भीरले १४ रन जोडे। वोक्सले १८ रन बनाए भने मनीष पाण्डे र सूर्यकुमार यादवले समान १५/१५ रन जोडे।

बेङ्लोरका युजभेन्द्र चाहलले तीन विकेट लिँदा पवन नेगी र टेमल माइल्सले समान २/२ विकेट लिए।

क्रिस गेल, विराट कोहली र एबी डी भिलियर्सजस्ता ब्याट्सम्यान सम्मिलित बेङ्लोरले बनाएको यो योगफल आइपिएल इतिहासकै सबैभन्दा थोरै रन हो।

प्रकाशित: १२ वैशाख २०७४ ०४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App