८ वैशाख २०८१ शनिबार
खेल

म्याथ्युज र मालिंगा फिर्ता

कोलम्बो- दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय शृंखला गुमाएका कप्तान एन्जेलो म्याथ्युज श्रीलंकन टोलीमा फर्किएका छन्। म्याथ्युजले च्याम्पियन ट्रफीमा श्रीलंकाली टोलीको कप्तानी गर्नेछन्। उनले अस्टे्रलियाविरुद्धको भ्रमण र घरेलु मैदानमा बंगलादेशविरुद्ध हुने शृंखलामा टोलीको नेतृत्व गर्ने श्रीलंकन क्रिकेट बोर्डले बताएको छ। सोमबार श्रीलंका क्रिकेटले घोषणा गरेको १५ सदस्यीय टोलीको कप्तानी म्याथ्युजले गर्ने बताइएको छ। जनवरीमा घाइते भएपछि म्याथ्युज दक्षिण अफ्रिकाविरुद्धको भ्रमणमा सहभागी हुन सकेका थिएनन्। 'म अहिले शतप्रतिशत फिट छु र बलिङ गर्न पनि सक्षम छु,' म्याथ्युजले भने, 'प्रतियोगिताका लागि छानिएको टोलीबाट म खुसी छु। आशा छ यसले राम्रो प्रभाव पार्नेछ।'

म्याथ्युजले थपे, 'मैले उत्कृष्ट टोली पाएको छु। यो टोलीले राम्रो गर्नेछ। म यसमा खुसी छु। हामीसँग धेरै आत्मविश्वास छ र हामीसँग आइसीसी ट्रफी श्रीलंकामा ल्याउने अवसर छ।'

श्रीलंकन टोली छनोट कमिटीका प्रमुख सनथ जयसूर्याले लासिथ मालिंगा पनि टोलीमा दुई वर्षपछि फर्किएको बताएका छन्। इङ्ल्यान्डविरुद्ध खेल्न उनी फिट रहेको जयसूर्याले बताए। जयसूर्याले भने, 'सबै खेलाडी मालिंगाको अनुभवबाट फाइदा लिनका लागि सक्षम छन्।  अहिले मालिंगा खेल्नका लागि पूर्ण फिट छन्।'

प्रकाशित: १२ वैशाख २०७४ ०४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App