१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

परिवारका लागि खराब मोबाइल

माध्यमिक कक्षाका विद्यार्थीहरुमाझ गरिएको एउटा सर्भेअनुसार अभिभावकहरुको बढीभन्दा बढी समय मोबाइलमा झुण्डिने बानीले पारिवारिक जीवनमा नराम्रो असर पुर्‍याउने गरेको देखिएको छ।

११ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीहरुमाझ गरिएको सर्भेमा यो देखिएको हो। दुई हजारभन्दा बढी विद्यार्थीहरुले आफ्ना अभिभावकहरुले लगातार मोबाइल प्रयोग गर्ने गरेका तर आफूले त्यही काम गर्दा नराम्रो मान्ने गरेको देखिएको हो। यस किसिमको व्यवहार आफूलाई चित्त नबु‰ने विद्यार्थीहरुको टिप्पणी थियो।

सर्भेमा भाग लिएकामध्ये १४ प्रतिशतले आफ्ना अभिभावक खाना खानेबेलामा समेत मोबाइलमा इन्टरनेट चलाइरहने भनी गुनासो गरेका थिए। यस कुरालाई भने ९५ प्रतिशत अभिभावकहरुले अस्वीकार गरेको अर्को एक सर्भेमा देखिएको छ। तीन हजार अभिभावकमाझ गरिएको सर्भेमा उनीहरुले आफू खाना खाने बेलामा कहिल्यै अनलाइन नहुने जनाएका थिए।

यो शोध डिजिटल अवेयरनेस युके एन्ड द हेडमास्टर्स एन्ड हेडमिस्ट्रेस कन्फ्रेन्सले गरेको थियो।

बालबालिकाहरुले के भने त?

८२ प्रतिशत बालबालिकाले सोच्छन्, खाना खाँदा मोबाइल अथवा अन्य डिभाइस प्रयोग गर्नु हुँदैन।

२२ प्रतिशत भन्छन्, मोबाइल प्रयोगका कारण परिवारिक मिलन तथा सँगै गरिने हाँसखेल बन्द हुन थाल्यो।

३६ प्रतिशत बालबालिकाले आफ्ना अभिभावकलाई फोन नचलाउन आग्रह गरे।

जुन बालबालिकाले आफ्ना बुवाआमालाई मोबाइल छोड्न भएका थिए, ४६ प्रतिशतका बाउआमाले ती कुरामा ध्यान नदिएको र ४४ प्रतिशतले आफू दुःखी र उपेक्षित महसुस गरेको बताएका थिए।

उता १० प्रतिशत बाबुआमाले भने आफ्ना सन्तानले गरेको गुनासोमा आफू गम्भीर भएको बताएका थिए। त्यस्तै ४३ प्रतिशतले आफूहरु निकै समय अनलाइन बस्न थालेकोमा ग्लानि हुन थालेको बताएका थिए।

३७ प्रतिशत अभिभावकले सप्ताहान्तमा तीनदेखि पाँच घण्टा अनलाइन बस्ने गरेको स्वीकारेका थिए भने ५ प्रतिशतले सप्ताहान्तले १५ घण्टासम्म अनलाइन हुने गरेको बताएका थिए।

अघिल्लो वर्ष यसै शोध टोलीले गरेको एक शोधमा विद्यार्थीहरुमध्ये अधिकांशले राति उठेर बारम्बार आफ्नो अनलाइन मोबाइल चेक गर्ने गरेको देखिएको थियो। यस्ता विद्यार्थीले विद्यालयमा उति राम्रो परिणाम ल्याउन नसकेको पनि शोधकर्ताको धारणा थियो।

नयाँ शोधअनुसार लगभग ७२ प्रतिशत विद्यार्थीले दिनमा तीनदेखि १० घण्टासम्म अनलाइन बस्ने गरेको देखिएको छ। अधिकांश समय अनलाइन भएका कारण आफ्नो निद्रा नपुग्ने गरेको समेत उनीहरुको स्वीकारोक्ति थियो। १० प्रतिशत विद्यार्थीले आफू राति अबेरसम्म अनलाइन हुने गरेकाले राम्रोसँग निद्रा पूरा नहुने स्वीकारेका थिए।

केन्टस्थित अक्सफोर्ड स्कुलका प्रधानाध्यापक माइक बुकानन भन्छन्, ‘अभिभावक, शिक्षक र विद्यार्थीले मोइबाल प्रयोग गर्नेबारे एउटा नयाँ नियममा बाँधिनु आवश्यक छ। यो हाम्रो जीवन, विद्यालय र खेलको अभिन्न अंग त भएको छ नै, यसले गम्भीर असरसमेत पार्न थालेको छ।’

सर्भेक्षणले के समेत देखाएको छ भने बालबालिकाले प्रविधिको अति बढी प्रयोग गर्दाका खतराबारे उनीहरु जानकार त छन् तर सँगैमा उनीहरुलाई लगातार यसको खतराबारे जानकारी गराइरहनु पर्ने समेत देखिएको शोधमा देखिएको छ।

बिबिसी पत्रकार जुडिथ बर्न्सको रिपोर्ट

प्रकाशित: १२ वैशाख २०७४ ०५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App