८ वैशाख २०८१ शनिबार
समाज

सरकारले बनाएन काष्ठमण्डप, अाफैं बनाउने प्रतिज्ञा (फाेटाे फिचर)

काठमाण्डाै– दुई वर्षसम्म पनि सरकारले पुनर्निर्माण कार्य अगाडि नबढाएपछि स्थानीय नै काष्ठमण्डपको पुनर्निर्माणमा जुटेका छन्। काष्ठमण्डप पुनर्निर्माणका लागि अभियान नै थालिएको छ। दुई वर्षअघि वैशाख १२ गते काष्ठमण्डप ढलेकै समय ११ः५६ मा पुनर्निर्माण सुरुवात हुने मंगलबार एक कार्यक्रममा उद्घाेष गरियाे ।

‘सरकारको मुख ताक्दा दुई वर्ष बित्यो,’ पुनर्निर्माण अभियानका अध्यक्ष तथा वसन्तपुरका पुराना बासिन्दा वीरेन्द्रभक्त श्रेष्ठले भने, ‘अब सरकारलाई कुर्दैनौं। पूर्खाले बनाएका सम्पदालाई हामी आफैले बनाउने छौं।’ काष्ठमण्डप पुनर्निर्माणका लागि स्थानीयको सहभागितामा संस्थासमेत दर्ता गरिएको छ।

काठष्ठमण्डप परिसरमा सपथ लिएर मंगलबार पुनर्निर्माणकाे प्रतिवद्धता गरिएकाे हाे।

हेर्नुहाेस् तस्बिरहरूः (तस्बिरहरूः प्रविन काेइराला)

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App