६ वैशाख २०८१ बिहीबार
राजनीति

चुनावबारे छलफल गर्न राजपा नेता दूतावासमा

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी स्थानीय तहको निर्वाचनमा सघाउन प्रतिबद्धता व्यक्त गरेलगत्तै नवगठित राष्ट्रिय जनता पार्टीका नेता भारतीय दूतावास पुगेका छन् ।

छलफलकै क्रममा भारतीय राजदूत पुरीले सहमतिअनुसार सरकार अगाडि बढेकाले चुनावमा सहभागी भइदिन नेताहरूलाई आग्रह गरेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, अनिलकुमार झा, राजकिशोर यादव र शरत्सिंह भण्डारी साँझ छ बजे लैनचौर पुगेका हुन् । त्यहाँ उनीहरू र भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच करिब दुई घन्टा छलफल भयो । सहभागी एक नेताको भनाइमा छलफल स्थानीय तहको चुनाव विषयमा केन्द्रित थियो ।

छलफलकै क्रममा भारतीय राजदूत पुरीले सहमतिअनुसार सरकार अगाडि बढेकाले चुनावमा सहभागी भइदिन नेताहरूलाई आग्रह गरेको स्रोतको दाबी छ । त्यति मात्र नभई राजपा नेताहरुले दुतावासभित्रैवाट नयाँ दिल्लीमा ‘कन्फरेन्स कल’मार्फत संवाद गरेको समेत स्रोतको दावी छ ।

राजदुतावासभित्र भएको छलफलको विषयमा जिज्ञासा राख्दा राजपाका नेता राजकिशोर यादवले नागरिकसँग भने, ‘पार्टी एकीकरण भएकोमा देशी, विदेशी सबैको शुभेच्छा छ, भारतको मात्र हैन ।’ मधेसीलाई भारतसँग जोडेर टिप्पणी गर्ने प्रवृत्ति अनुचित भएको बताउँदै यादवले घुमाउरो शैलीमा भने, ‘हामीसँग भएको भद्र सहमति सम्बोधन भएको अवस्थामा त्यसै अनुसार हामी पनि अगाडि बढ्छौं ।’ आफूहरू चुनावविरोधी नभएको जिकिर गर्दै उनले भने, ‘हामीले विदेशीसँग नभई सरकारसँग सहमति गरेका हौं । अब सरकारले सहमति कार्यान्वयनमा लैजानुपर्छ । त्यसो भयो भने हामी चुनावमा भाग लिन्छौं ।’ स्रोतको भनाइमा नेताले राजदूतसँगको छलफलमा पनि आफूहरू निर्वाचनविरोधी नभएको जिकिर गरेका थिए । तर, सरकारले सहमति पालना गर्नुपर्ने विषयमा पनि उत्तिकै जोड दिएको स्रोतको भनाइ छ ।

राजपा नेता यादवले निर्वाचनप्रति छिमेकी मुलुकको चासो र सद्भावलाई घुमाउरो शैलीमा स्वीकार गरे तर लैनचौर छलफलबारे विस्तृत खुलाउन चाहेनन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न भारत सरकारको सक्दो सहयोग रहने बताएलगत्तै राजपा नेताहरू लैनचौर पुगेका थिए । मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी आफनो नेतृत्वको सरकारले सबैलाई सहभागी गराउदै संविधान कार्यन्वयन प्रक्रियालाई अघि बढाउन गरेको जारी प्रयासको वारेमा बताएको भारतीय विदेश मन्त्रालयका प्रवत्ता गोपाल वाग्लेले टवीटमार्फत जानकारी गराएका छन् ।

प्रधानमन्त्री दाहालले २० वर्षपछि पहिलोपटक स्थानीय निर्वाचन गर्न लागेको जानकारी गराउदै त्यसमा भारतीय सहयोगको लागि अनुरोध गरेको पनि वाग्लेले टवीटमा उल्लेख गरेका छन् ।

नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सफलताको शुभकामना दिँदै त्यसका लागि आवश्यक सहयोग गर्न भारत तयार रहेको मोदीले बताएको स्रोतको भनाइ छ ।  ‘दुवै देशका प्रधानमन्त्रीबीच स्थानीय तहको चुनाव र राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणबारे कुराकानी भएको हो,’ प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘सबै दललाई समेटेर लैजान भइरहेको प्रयासमा भारतीय प्रधानमन्त्रीले खुसी व्यक्त गर्नुभएको छ ।’

संविधानप्रति असन्तुष्ट मधेसवादी दललाई समेटेर अघि बढ्न यसअघि पनि नयाँदिल्लीले पटकपटक सुझाव दिँदै आएको थियो । सरकारले एक महिनाको अन्तराल राखेर दुई चरणको चुनाव तयारी सुरु गरेको छ । असन्तुष्ट मधेसवादी दलको माग सम्बोधन गर्न सरकारले सशोधन प्रस्ताव परिमार्जन गर्ने र फास्ट ट्र्याकबाट संविधान संशोधन गर्ने जनाएको छ ।

 

प्रकाशित: १३ वैशाख २०७४ ०४:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App