८ वैशाख २०८१ शनिबार
राजनीति

मेयर बन्न 'ग्रिनकार्ड' त्याग

मेयरमा उम्मेदवार बन्न अमेरिकाको ग्रिनकार्ड त्यागेका आङदामी शेर्पा । तस्बिरः राधा ढुंगाना

सोलुखुम्बु– सदरमुकाम सल्लेरीका ७२ वर्षीय आङदामी शेर्पाका सन्तान सबै अमेरिकामा छन् । उनी आफैं पनि अमेरिकी ग्रीनकार्डधारी हुन् । अमेरिका जाउआउ गरिरहन्छन्।

स्थानीय तहको निर्वाचनको रौनक बढिरहँदा जिल्लाको एक मात्र सोलु–दूधकुण्ड नगरपालिकाको मेयर बन्ने आकांक्षा उनमा आयो । तर अमेरिकी ग्रिनकार्डले समस्या निम्त्यायो । मेयर बन्न उनले गत साता ग्रीनकार्ड रद्द गराए ।

२०५४ देखि २०५९ सम्म सल्लेरी गाविस अध्यक्ष भइसकेका शेर्पाले एक पटक नगरपालिकाको मेयर हुने सपना देखेका छन् । उनले एमालेबाट उम्मेदवारी दिन चाहेका छन् । तर पार्टीभित्र अन्य आकांक्षी पनि छन् । एमाले जिल्ला कमिटीले उम्मेदवारको टुंगो लगाउन नसकेपछि एक नम्बर प्रदेश कमिटीमा पठाइएको छ । शेर्पाले पार्टीमा आफ्नो महŒवपूर्ण योगदान रहेकाले आफ्नो नाम सिफरिस हुने आशा राखेका छन् । ‘जीवनको महŒवपूर्ण समय नेपालमै बिताएँ, अब मर्ने बेलामा किन परदेश जानुँ ? बरु मेयर बन्छु, जिल्लाको विकास गर्छु ।’

जिल्लामा उम्मेदवार हुन शिक्षकहरूले पनि धमाधम राजीनामा गरिरहेका छन् । पद्मकन्या आधारभूत विद्यालयको प्रधानाध्यापकको पदबाट राजीनामा दिएर नारायण कार्कीले दूधकोशी गाउँपालिकाको ३ नम्बर वडा अध्यक्षमा एमालेबाट उम्मेदवारी दिएका छन् । वैशाख लागेपछि जिल्लाका तीन स्थायी शिक्षकले राजीनामा दिइसकेका छन् ।


 

प्रकाशित: १३ वैशाख २०७४ ०२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App