८ वैशाख २०८१ शनिबार
प्रविधि

‘इमोजी’मा अभ्यस्त हुँदै युवा

काठमाडौं–  च्याट होस् वा फेसबुकमा स्टाटस ‘अपडेट’ गर्दा नयाँ  बानेश्वरकी सम्वृद्धि मालाकारलाई ‘इमोजी’ प्रयोग गर्न मन लागिहाल्छ ।

‘एउटै तस्विरले हजार शब्द बोल्नसक्छ’ भनेझैं मनका भावना शब्दले व्यक्त गर्न नसेका बेला उनका औलाहरु ‘इमोजी’तर्फ आकर्षित भइहाल्छन् । आफ्नो धारणालाई जोड दिएर व्यक्त गर्न पनि उनका लागि ‘इमोजी’ सहायक बनेको छ ।

‘आफ्ना कुरालाई जोड दिन र रमाइलोको लागि ‘इमोजी’ प्रयोग गर्छु’ उनी भन्छिन्, ‘यसले आफूले कुरा गर्दा त्यो वाक्यको स्पष्ट अर्थ बुझाउन मद्दत गर्छ ।’

इमोजीको प्रयोगले सिरियस कुरा गर्दा पनि सँगै बसेर कुरा गरिरहेको जस्तै फिल गराउने उनी बताउँछिन् । ‘इमोजी प्रयोग गर्दा दुइजना वा ग्रुप कन्भरसेसनमा धेरै कुरा हन्छ जति इमोजी प्रयोग नगर्दा हुँदैन’ उनी भन्छिन् । खासमा भन्नुपर्दा उनको लागि इमोजी बिनाका कन्भरसेसन बोरिङ हुन्छन् ।

अनिषा बराल आफूले के लेख्दैछु त्यो सोचेर इमोजीको प्रयोग गर्छिन् । इमोजीले मनका भावना प्रतिनिधित्व गर्ने भएकाले पनि कहिलेकाँही खुशी हुँदा वा दुखी हुँदा, भोक लाग्दा, जिम जान लाग्दा, रेष्टुरेन्टमा हुँदा, सबै इमोजीका मार्फत अरुले बुझ्ने उनी बताउँछिन्। उनलाई कुरा गर्दा इमोजी पठाउने लत नै लागेको छ। कुनै पनि वाक्यको अन्त्यमा इमोजी नराख्दा उनलाई निकै अकवार्ड लाग्छ ।

बोल्दा बोल्दै शब्दहिन  भयो इमाजी, बोल्दा बोल्दै रीसले चुरचुर भयो इमोजी, माया नै माया बर्साउन मनलाग्यो इमोजी कसैसँग पन्छिन मनलाग्यो इमोजी । अहिले इमोजीहरुको वर्णमाला बनिसक्यो । कुनै भविष्यमा ए बी सी डी र क ख ग घ को सट्टा पनि इमोजी आउला भनेर भन्न सकिन्न ।

त्यस्तै बुढानिलकण्ठकी सृष्टि केसीको धारणा पनि मालाकार भन्दा फरक छैन । केही कुरा बोल्नु र लेख्नुमा फरक हुन्छ । आफ्नै अगाडी कुरा गरिहरेको मान्छेको भावना ले धेरै कुरा  बुझ्न सकिन्छ । उनका लागि इमोजीको प्रयोग धेरै इफेक्ट आओस भनेर नै हुन्छ । ‘म खुशी हुँदा हाँसेको   इमोजी प्रयोग गर्छु’, र केही गल्ती गर्दा बाँदरले आँखा छोपेको इमोजी प्रयोग गर्छु’

अहिले इमोजीहरु डिजीटल रिभोलुसनका सिपाही भन्दा फरक छैनन । डिजीटल दुनियालाई कठोर, भावनाहिन र इमोसनलेस हुन बाट यदि कसैले बचाएको छ भने ती इमोजी नै हुन । मानव भावना त्यति छैनन जति इमोजी हरु छन  इ यूनिर्भस भित्र । सम्बन्धहरु रियलभन्दा डिजिटल भइरहेको समयमा इमोजीहरुले सम्बन्धको मिठास जोगाइराख्न एकदमै महत्त्वपुर्ण भुमिका निभाएका छन । शब्दहरुबाट प्राय धेरै भावना प्रकट गर्न सकिन्छ । तर शब्दहरुको पनि एउटा सिमितता हुन्छ। त्यो दायरा भन्दा माथी शब्दहरु अर्थहिनजस्तै हुन । त्यतीबेला आउछन इमोजी हरु । शब्दहरुको सिमितता चिर्दै । हाँसो, रोदन, आश्चर्य, दुख रिस सबै खाले भावहरु यतिकै बिलाएर जाने थिए इ यूनिर्भस भित्र । झन्न इमोजी छन र त भावनाहरु जोगिएका छन ।

इमोजीले कुराकानी लाई केही प्रकारको आकस्मिक बनाउँछ जसकारण आफ्नो धारणा, विचार व्यक्त गर्दा उनी इमोजीको कम नै प्रयोग गर्छिन । इमोजीले कन्भरसेसनलाई सघाउने उनको धारणा छ । ‘तर आफूले भन्न   खोजेको कुरामा फरक ल्याउँदैन, उनी भन्छिन् धेरै इमोजीको प्रयोग गर्दा अव्यवसायिक पनि देखिन्छ । ’ त्यसैले व्यवसायिक कुरा गर्दा इमोजीको प्रयोग सकेसम्म नगर्न उनी सुझाव दिन्छिन् ।  

अहिले धेरैजासे सामाजिक संजालसँग जोडिएकाहरु इमोजी प्रयोग नगरी रहन सक्दैनन् ।  समाजिक संजालमा प्रत्यक्ष रूपमा आफ्ना भावनाहरू व्यक्त नगरिने हुदा  हासो, खुसी, डर, चिन्ता, विनोद जस्ता भावहरू व्यंगात्मक ढंगले प्रस्तुत गर्न इमोजी प्रयोग गर्ने गोंगबूका अतूल ओझा बताउँछन् ।

‘म धेरै जसो स्माइली, लाफ्टर, स्याड, ब्याटम्यान, डेभिल, थम्सअपजस्ता इमोजी प्रयोग गर्छु तर परिस्थिति अनुसार जस्तो पनि प्रयोग गरिन्छ’ उनी भन्छन् ।

इमोजीले सामाजिक संजालमा, जहाँ हाउभाउ व्यक्त हुदैन र केवल लेख्यरूपमा मात्र भाव व्यक्त गर्नुहुन्छ, त्यहाँ तपाईको आसयलाई स्पष्ट पार्न मद्दत गर्दछ । र कतिपय अवस्थामा व्यंग्य, विनोद  जस्ता भावलाई सजिलै व्यक्त गर्न सकिने रमाइलो माध्यम पनि हो।

इमोजीले साची नै कन्भर्सेसनलाई रमाइलो र सहज  बनाएको धेरैको अनुभव छ । ओझा इमोजी प्रयोग त्यो बेला गदैनन् जब कुरो गम्भीर हुन्छ । तर ख्याल ठट्टा आदि गर्दा उनी इमोजीबिना कुरा गर्दैनन् ।

बुढानिलकण्ठका अनुज घिमीरे च्याटमा इमोजी प्रयोग नगरि लेख्दा अली खल्लो लाग्ने र  रुख्खो जस्तो लाग्ने बताउँछन् । इमोजीले आफ्नो फीलिङ्स ब्यक्त गर्छ, जसरी अगाडि भेटेर बोल्दा हासिन्छ इमोजीले नि तेही ब्यक्त गर्छ, अक्षर मात्रले अली खल्लो देख्न सक्छ तेसैले इमोजी हाले कन्भर्सेसन अली रमाइलो नि देखिन्छ र खुशी भएर कुरा गरेको जस्तो देखिन्छ । ‘इमोजीले सर्क्यास्टिक हुन, गाली गर्न मन लागे मज्जाले गाली गरिदेर अन्तिम मा स्पी हाल्दे जिस्केको जस्तो पनि हुन्छ ,’ उनी हाँस्दै सुनाउँछन् ।

उनले सबै भन्दा धेरै प्रयोग गर्ने इमोजी भनेको त्यो जिब्रो निकालेको र आसुँ आइ राखेको वाला हो । इमोजीले मायाप्रेम गर्नेहरुलाई झन धेरै सघाउने बुढानिलकण्ठका अनुज घिमीरे बताउँछन् ।  

‘इमोजी बिना को कन्भरसेसन भनेको नुन बिनाको तरकारी जस्तो हो, बन्छ पनि, खान नि मिल्छ तर खासै मज्जा आउँदैन! इमोजी बिना कन्भर्सेसनमा स्वाद नै हुन्न’ उनी भन्छन् ।

त्यस्तै पोखराकी अनिषा बराल आफूले के लेख्दैछु त्यो सोचेर इमोजीको प्रयोग गर्छिन् । इमोजीले मनका भावना प्रतिनिधित्व गर्ने भएकाले पनि कहिलेकाँही खुशी हुँदा वा दुखी हुँदा, भोक लाग्दा, जिम जान लाग्दा, रेष्टुरेन्टमा हुँदा, सबै इमोजीका मार्फत अरुले बुझ्ने उनी बताउँछिन्। उनलाई कुरा गर्दा इमोजी पठाउने लत नै लागेको छ। कुनै पनि वाक्यको अन्त्यमा इमोजी नराख्दा उनलाई निकै अकवार्ड लाग्छ ।

के हो इमोजी ?

इमोजी वेव पेज वा विद्युतीय पेजपमा सन्देश पठाउँदा प्रयोग गरिने स्माइली र आइडियोग्राम हो। इमोजीह इमोटिकनजस्तै हुन् र विभिन्न अनुहारहरुको भाव, विभिन्न सामान, मौसम, ठाउँ र जनावरजस्ता विभिन्न विधामा हुन्छन् ।

सन् १९९० को दशकको अन्ततिर जापानी मोवाइल फोनबाट शुरु भएको इमोजी एप्पलको आइफोनमा राखिएपछि संसारभर नै चर्चित हुँदै गएको हो  । यसलाई पछि एन्ड्रोइड र अन्य मोवाइल अपरेटिंग सिस्टमले पनि प्रयोग गर्न थाले । एप्पलको म्याक अपरेटिंग सफ्टवेयरले यसको लायन भर्सनमा इमोजीलाई समर्थन गर्छ भने माइक्रोसफ्टले विन्डोज एट र त्यसपछिको संस्करणमा इमोजी समर्थन गर्छ । पहिलो अन्तर्राष्ट्रिय इमोजी सम्मेलन अमेरिकाको सान फ्रान्सिस्कोमा नोभेम्वर ४, २०१६ मा सम्पन्न भएको थियो ।


‘एउटा तस्विरले हजार शब्दले व्यक्त गर्ने भावना  बोल्नसक्छ’ धेरैले भन्ने गर्छन्।

अहिले सूचना प्रविधिको जमाना यतिसम्म विकसित भइसकेको छ कि अफ्ना मनमा उब्जेका भावनाहरु पोख्न प्रविधि एहोलिक हरु इमोजी प्रयोग गरिहाल्छन् । इमोजी अर्थात विभिन्न अनुहारमा आउने भाव, मुटुको धड्कन, पिज्जाको स्लाइस, जुस, विभिन्न देश झण्डा, जनावर आदि । अहिलेको सोसल मिडियाको दुनियाँमा इमोजी प्रयोग नगर्ने खासै कोही हुँदैनन् ।

 

प्रकाशित: १३ वैशाख २०७४ ०३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App