६ वैशाख २०८१ बिहीबार
समाज

दुई लाख ५० हजार घुस सहित प्राविधिक पक्राउ

नेपालगन्ज-दुई लाख ५० हजार घुस सहित बाँकेमा एक प्राविधिक पक्राउ परेका छन्। क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरा बाँकेस्थित कोसेवाली अनुसन्धान केन्द्रमा कार्यरत प्राविधिक अधिकृत(इन्जिनियर) बीरेन्द्रकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पर्क कार्यालय कोहलपुरको टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको हो।

अनुसन्धान केन्द्रमा सिचाईका लागि दुई वटा डीप बोरिङको काम सम्पन्न गरेको ठेकेदारले भुक्तानी माग्दा आलटाल गरेर प्राविधिक यादवले सुरुमा ३ लाख रुपैयाँ घुस मागेका थिए। दुबैको सहमतीमा २ लाख ५० हजार रुपैयाँ घुस दिने सहमती भएको थियो । आफुसँग प्राविधिकले घुस मागेको उजुरी ठेकेदारले गरेपछि सोही आधारमा अख्तियार टोलीले यादवलाई निग्रानीमा राखेको थियो।

नेपाल कृषि अनुसन्धान परिषदमा दरवन्दी भएर कोसेबाली अनुसन्धान केन्द्रमा कार्यरत रहेका यादवलाई दिउँसो ठेकेदारले घुस दिइरहेको अवस्थामा रंगेहात पक्राउ गरी अनुसन्धान सुरु गरिएको आयोग सम्पर्क कार्यालय कोहलपुरका प्रमुख दीपक थापाले नागरिकलाई जानकारी दिए। ‘इन्जिनियर यादवको गोजीबाट नगद २ लाख ५० हजार बरामद गरिसकेका छौं,’ उनले भने।

प्रकाशित: ३१ असार २०७३ १०:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App