coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ममता बर्साउँदै आमाहरू

भक्तपुर– ५३ वर्षीया गोमा गुरुङ अविवाहित हुन् । तर उनी १० जना बालबालिकाको लगातार स्याहारसुसार गरिरहेकी छिन् । उनी बिहान सबेरै उठछिन् । हातमुख धोएर बालबालिकाको हातमुख धोइदिन्छिन् । दिसापिसाब गराइदिन्छिन् । चियानास्ता तयार पारेर खुवाइदिन्छन् ।

बालग्रामका आमाहरू लगातार बालबालिकाको सह्यार सुसार गर्दैछन् । ममता पाएर हुर्केकाले आमाको मुख हेर्ने दिन बालग्राममै आएर आमाहरूलाई उपहार दिने गर्छन् ।   

‘जीवन नै बालबालिकाको स्याहारसुसारमै बिताउँंदै छु,’ तीन दशकदेखि हरबखत बालबालिकाको स्याहारसुसारमा लागिपरेकी गोमाको कबुल छ, ‘बाँंकी जीवन पनि बालबालिकाको स्याहार्न समाल्नमै बिताउने छु ।’
भक्तपुरको सानो ठिमीस्थित एसओएस बालग्राममा बसेर उनी बालबालिकाको हेरचाहमा जुटिरहेकी हुन् । नागरिककर्मी त्यहाँं पुग्दा खाना पकाइरहेकी उनले मुस्कान छर्दै भनिन्, ‘बालबालिकाका लागि खाना पकाउँदैछु ।’
बाह्रबिसे पूख्र्याैली घर रहेका उनको तीन दशक यसरी नै बालबालिकाको रेखदेखमा बितेको छ । दसैंतिहारदेखि रातदिन उनी यसरी नै बालबालिकाको हेरविचारमा जुट्छिन् । उनी भन्छिन्, ‘एउटी आमाले गर्ने सबै काम मैले नै गर्ने हो । ’
उनको घरमा ६ वर्षदेखि १६ सम्मका बालबालिका छन् । दिनमा उनीहरु त्यही एसओएसमै पढ्न जान्छन् । स्कुल सकेपछि त्यही फर्कन्छन् र त्यही सुत्छन् । बालबालिका एक कक्षादेखि कक्षा १० पढ्नेसम्मका छन् । पालनपोषण गर्दै उनले धेरै बालबालिकालाई ठूलो बनाइसकेकी छिन् । हुर्किएपछि एसओएस छोडेर गएका धेरै बालबालिका आमाको मुख हेर्ने दिन उनलाई देशविदेशबाट एसओएसमै आएर उपहार दिन्छन् ।

गोमाजस्तै ५५ वर्षकी लक्ष्मी घिमिरे पनि यसरी नै एसओएसमै बालबालिकाको आमा रहेर सेवारत छिन् । सानो उमेरमै विवाह भएर पतिको मृत्युपछि नै सेवा थालेकी बताउने उनले भनिन्, ‘झण्डै तीन दशक भयो, मैले यहाँं आमाका रूपमा एउटा घरमा सेवा गर्न थालेको ।’ एसओएसमां गोमा, लक्ष्मीजस्तै रश्मी श्रेष्ठ, लक्ष्मी लिम्वू, सावित्री दुलाल, इन्दिरा डंगोललगायतका १६ जना ‘आमा’ ं १६ वटा घरमा सेवारत छन् ।
एसओएस बालग्राम सानोठिमीका निर्देशक खगेन्द्रकुमार नेपालका अनुसार बालग्राममा देशभरिका सहाराविहीन बालबालिका घरजस्तै आमाको प्रत्यक्ष स्याहारसुसारमा छन् । त्यहाँं १६ वटा घरमा १६ जना आमाले बालबालिकालाई ममत्व दिन्छन् । आमाको स्नेह दिइने यस ठाउँलाई एसओएस भिलेज नामाकरण गरिएको छ ।

एसओएस बालग्रामकी सञ्चार अधिकृत दीपा ओलीले भिलेजमा कुल एक सय ५४ जना बालबालिका रहेको जनाइन् । एक–दुई सन्तानलाई नै हेरचाह गर्न गाह्रो परेको बेला आमाहरुले एक–एक दर्जन बालबालिकालाई मायालु वातावरणमा स्याहारसुहार गरेको भन्दै उनले आमाहरुको तारिफ गरिन् ।

 

 

प्रकाशित: १३ वैशाख २०७४ ०५:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App