coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लेक लागेर वर्षेनी दुई पर्यटकको मृत्यु

मुस्ताङ – हिमालपारिको जिल्ला मुस्ताङमा वर्षेनी दुईजना पर्यटकको लेक लागेर मृत्यु हुने गरेको छ । कागबेनीदेखि उपल्लो क्षेत्रमा पुग्ने पर्यटकको यसरी ज्यान गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । 

पछिल्लो समय एक महिनाअघि चैत १२ गते मुक्तिनाथ दर्शन गर्न पुगेका भक्तपुरका रामकृष्ण खत्रीको ज्यान गएको थियो । गत असोजमा दोलखाका राजाराम तामाङको ज्यान गएको प्रहरीको तथ्याङ्कमा छ । दुवैजना मुक्तिनाथ दर्शन गरी फर्कने क्रममा अचानाक बेहोस भएर अस्पतालमा ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । 

मुस्ताङका प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले उच्च क्षेत्रमा जाँदा आवश्यक सावधानी नअपनाउँदा पर्यटकले ज्यान गुमाउने गरेको बताए । “पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा लेक लागेर ज्यान गुमाउनेको सङ्ख्या विदेशी पर्यटक र नेपाली पर्यटक बराबर नै छन्”, उनले भने । मुक्तिनाथ क्षेत्रका स्थानीयवासीले मुक्तिनाथ स्वास्थ्यचौकीमा अक्सिजनको व्यवस्था गर्न माग गरेका छन् । 

गाउँमुखिया सुरज गुरुङले स्वास्थ्यचौकीमा अक्सिजन नहुँदा मुक्तिनाथ दर्शन गर्न आउने धार्मिक पर्यटकले अकालमा ज्यान गुमाउनु परेको बताए । 

धार्मिकस्थल मुक्तिनाथसहित कागबेनी, दामोदरकुण्डलगायत मुस्ताङको प्राकृतिक सुन्दरताका कारण वर्षेनी हजारौँ पर्यटक दर्शन र भ्रमणका लागि आउने गरेका छन् । एक वर्षमा मुस्ताङमा ४० हजारभन्दा बढी बाह्य पर्यटक भ्रमणका लागि भित्रिएको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)ले जनाएको छ । रासस 

प्रकाशित: १३ वैशाख २०७४ ०५:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App