५ वैशाख २०८१ बुधबार
राजनीति

सिके राउतलाई रौतहट ल्याइँदै

रौतहट – स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउतलाई बुधबार रौतहट ल्याइँदैछ । मंगलबार रुपन्देही जिल्ला अदालतले उनलाई तारेखमा रिहा गरेपछि रौतहट जिल्ला अदालतमा राउत विरुद्ध मुद्दा विचाराधिन रहेकाले रौतहट प्रहरीले उनलाई नियन्त्रणमा राखेको हो ।
 
राज्य विप्लव विरुद्धको संगठित अपराधमा राउतविरुद्ध मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

राउतलाई बुधबार नै जिल्ला अदालत रौतहटमा पेश गरिने प्रहरीको भनाइ छ । रौतहटमा पहिलेदेखि नै मुद्दा दायर भएकोले अड्डासार गरेर रुपन्देहीबाट रौतहट ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कृष्ण भण्डारीले बताएका छन् ।

प्रकाशित: १३ वैशाख २०७४ ०५:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App