१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्भाका ट्रम्पविरुद्ध हुटिङ

बर्लिन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पले आफ्ना पिताको महिलाप्रतिको दृष्टिकोणको विषयलाई लिएर प्रतिरक्षा गर्न खोजेपछि मंगलबार होहल्लाको सामना गर्नुपरेको छ।

इभान्का ट्रम्पले आफूले आफ्ना बाबुको आलोचना सञ्चारमाध्यमबाट थाहा पाएपनि न त आफूले बाबुलाई त्यस्तो रुपमा पाएको न नै आफ्ना बाबुले रोजगारी दिएका हजारौं महिलाले त्यस्तो बुझेको बताइन्।

र्मनीको राजधानी बर्लिनमा आयोजित ‘जी ट्वान्टी वुमन्स समिट’मा अमेरिकी प्रथम पुत्री इभान्काले आफ्ना बाबु ट्रम्पले महिलाप्रति गर्ने व्यवहारबारे प्रतिरक्षा गर्न खोजपछि होहल्लाको सामना गर्नुपरेको हो।

इभान्का ट्रम्पले उक्त सम्मेलनमा महिला व्यवस्थापकका बारेमा जर्मन चान्सलर एन्जिला मर्केल र विश्व मुद्रा कोषकी प्रमुख क्रिस्टिन लागार्दसँगै बसेर प्यानल छलफल गरिरहेकी थिइन्। त्यही समयमै उनले आफ्ना बाबुको महिलाप्रतिको धारणा राखेपछि दर्शकदीर्घामा रहेका सहभागीले उनको विरोध गरेका थिए।

उक्त प्यानल छलफल ‘जी ट्वान्टी वुमन्स समिट’अन्तर्गतको एक हिस्सा रहेको थियो। इभान्काले आफ्नो परिवारलाई समर्थन गर्नमा बाबु ट्रम्प ठूलो विजेता भएको र उनीहरुलाई अगाडि बढाउने कार्यमा सहयोग गरेको बताएपछि छलफल चलिरहेको हलमा होहल्ला चलेको थियो।  

अमेरिकी राष्ट्रपति ट्रम्प उनको महिलालाई हेर्ने दृष्टिकोणलाई लिएर आलोचित छन्। राष्ट्रपति निर्वाचन अभियानका क्रममा ट्रम्पले महिलाप्रति गरेको अश्लील प्रतिक्रियाको टेप सार्वजनिक भएपछि उनीविरुद्ध आलोचना तीव्र भएको थियो।

इभान्का ट्रम्पले आफूले आफ्ना बाबुको आलोचना सञ्चारमाध्यमबाट थाहा पाएपनि न त आफूले बाबुलाई त्यस्तो रुपमा पाएको न नै आफ्ना बाबुले रोजगारी दिएका हजारौं महिलाले त्यस्तो बुझेको बताइन्।

बाबुले आफूलाई सधैं अगाडि बढ्न हौसला प्रदान गरेको र आफूलाई मन लागेको काम गर्नबाट कुनै छेकबार नभएको घरमा हुर्केको पनि उनले बताइन्।

राष्ट्रपति ट्रम्पले पनि बारम्बार आफूविरुद्ध नकारात्मक चित्रण गर्ने काम सञ्चारमाध्यमले गरिरहेको बताउँदै आएका छन्।

प्रथम पुत्रीका रुपमा बर्लिन पुगेकी इभान्काको अझैसम्म पनि राष्ट्रपति कार्यालयमा के भूमिका छ भन्ने विषय प्रस्ट छैन।

मार्च महिनामा विश्वविद्यालयबाट दीक्षान्त भएपछि बाबुको व्यापारमा संलग्न रहेकी इभान्कालाई राष्ट्रपतिको वेतलबी सहयोगीका रुपमा नियुक्त गरिएको बताइएको थियो।

इभान्का र उनकी पति जारेद कुसनर ह्वाइट हाउसमा प्रभावशाली देखिएका छन्। जर्मनीबाट प्रकाशित हुने एक पत्रिकाले भने इभान्काले जर्मनी भ्रमणपछि आफ्ना बाबुलाई सकारात्मक नतिजा पु¥याउने बताएको छ। जर्मनी चान्सलर मर्केलले गत महिना गरेको वासिङ्टन भ्रमणका क्रममा इभान्का ट्रम्पलाई जर्मनी भ्रमणको निम्ता दिएकी थिइन्।

सम्मेलनमा इभान्का ट्रम्पले बारम्बार महिलालाई व्यवसायिक रुपमै सबल बनाउनुपर्ने कुरामा जोड दिएकी थिइन्।

प्रकाशित: १३ वैशाख २०७४ ०६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App