७ वैशाख २०८१ शुक्रबार
समाज

सुत्केरीलाई स्याहार व्यवस्था गर्न अदालतकाे आदेश

काठमाडौं– कारागारमा रहेकी सुत्केरीलाई पोसिलो खाना, उचित स्याहार सुसारसहितको व्यवस्था गर्न भक्तपुर जिल्ला अदालतले सोमबार आदेश दिएको छ ।

नवजात छोरी मारेको अभियोगमा पक्राउ परेकी रेनिसा तामाङलाई जेलमा छुट्टै विशेष व्यवस्था गरी राख्न न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले आदेश दिएको हो ।  तामाङलाई कानुनबमोजिम सीधा खान पाउने गरी स्थानीय कारागार पठाउँदै सुत्केरीलाई अन्य बन्दीसरह व्यवहार नगरी छुट्टै राख्न अदालतले आदेश दिएको हो ।

देशभरका कारागारमा सुत्केरी महिलालाई पनि अन्य कैदीसरह राख्ने चलन छ । कर्तव्यज्यान मुद्दा लागेकी तामाङ रामेछाप घर भई भक्तपुर चाँगुनारायण बस्ने २७ दिनकी सुत्केरी हुन् । तामाङलाई कारागारमा विशेष व्यवस्था भएनभएको अनुगमन गर्न भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई आदेश दिइएको छ ।

तामाङलाई अदालतले पुर्पक्ष गरी स्थानीय कारागार पठाउने आदेशसमेत दिएको छ । भक्तपुरमा स्थानीय कारागार नभएकाले काठमाडौं डिल्लीबजार कारागार चलान गरिने भएको छ ।

प्रकाशित: १३ वैशाख २०७४ ०७:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App