coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भारतमा अपहरणपछि नेपाली युवती बलात्कृत

काठमाडौं— आर्थिक सूचकांकमा उकालो लाग्दै गएको भारत युवती सुरक्षाका दृष्टिले विश्वमै असुरक्षित मुलुक बन्दै गएको छ। हरियाणा प्रान्तको जिन्द जिल्लामा हालै एक नेपाली युवती अपहरणपछि सामूहिक बलात्कारको शिकार भएकी छिन्।

विक्षिप्त बनेर घर फर्केकी युवतीले पतिलाई घटना अवगत गराएकी थिइन्। त्यसपछि युवतीले महिला थानामा उजुरी गरेकी थिइन्।

प्रहरीले पीडितको मेडिकल टेस्ट गराएको छ। चिकित्सक रिपोर्टमा उनीमाथि बलात्कार भएको पुष्टि भएको अाजतकले उल्लेख गरेको छ। हरियाणा प्रहरीले घटनाको अनुसन्धान अघि बढाउँदै तीन अभियुक्त पक्राउ गरेको उल्लेख गरेको छ। २० वर्षीया ती युवतीले प्रहरीमा जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो।

युवती आफ्ना पतिसँग हरियाणाको जिन्द जिल्ला बसोबास गर्दै आएकी थिइन्। १७ अप्रिलमा पतिसँग झगडा भएपछि उनी नेपालस्थित घर फर्किन भनेर कोठाबाट बाहिर निस्केकी थिइन्। राति घरबाट निस्केकी उनलाई बीच बाटोमा मोटरसाइकलमा आइरहेका तीन पुरुषले भेटेका थिए। उनीहरुले युवतीलाई गन्तव्यसम्म पुर्‍याइदन लिफ्ट दिने प्रस्ताव गरेका थिए। अपरिचित पुरुषको मोटरसाइकलमा चढ्न नमाने पनि पछि उनी लिफ्ट लिन सहमत भएकी थिइन्। मोटरसाइकलमा सवार भएपछि युवतीलाई खेतको बीचमा पुर्‍याएर तीनै जनाले बलात्कार गरेका थिए।

विक्षिप्त बनेर घर फर्केकी युवतीले पतिलाई घटना अवगत गराएकी थिइन्। त्यसपछि युवतीले महिला थानामा उजुरी गरेकी थिइन्। पीडित युवती नेपाल ठेगाना सार्वजनिक गरिएको छैन।

विकास, परमवीर उर्फ पम्मी तथा कृष्ण नामका तीन आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।

यसअघि मार्च महिनामा नयाँ दिल्लीमा दुई नेपाली युवतीमाथि सामूहिक बलात्कारको घटना भएको थियो। बलात्कारीबाट जोगिन २६ वर्षीया ती युवती बीच सडकमा नग्न अवस्थामा हिँडेको फुटेज सडकमा राखिएको सीसीटीभी क्यामेराले कैद गरेको भारतीय मिडियाहरुले सार्वजनिक गरेका थिए। सो घटनामा संलग्न पाँच आरोपीलाई दिल्ली प्रहरीले पक्राउ गरेको थियो।

 

प्रकाशित: १३ वैशाख २०७४ ०८:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App