coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रवास

बेलायतको संसदमा ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन

लन्डन— नेपालमा दुई वर्षअघि गएको भूकम्पसँग सम्बन्धित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ बेलायतको संसदमा प्रदर्शन गरिएको छ। नेपालको फिल्म बेलायतको संसदमा प्रदर्शन गरिएको इतिहासमै यो पहिलो भएको बेलायती संसद सचिवालयले जनाएको छ।

‘हामी नेपालका भूकम्पपीडितलाई सम्भव हुने सबैखाले सहयोग गर्न तयार छौं। भूकम्पपीडितका लागि सक्दो सहयोग गरिदिन सबैलाई अनुरोध पनि गर्दछु’, वृत्तचित्र प्रदर्शनपछि प्रेस विज्ञप्ति जारी गर्दै सांसद गेथिन्सले भनेका छन्।

महाभूकम्पको दोस्रो वार्षिकी पूर्वसन्ध्या पारेर स्कटल्याण्डको फिपका सांसद स्टेफिन गेथिन्सले बेलायती संसदमा ‘भाग्यले बाँचेकाहरु’ प्रस्तुत गरेका हुन्। जसलाई ‘द लिटिल शेर्पा फाउन्डेशन’का सिइओ तथा चर्चित फोटोग्राफर जेम्स ल्याम्ब नेपाल पर्यटन बोर्डका मानार्थ दूत पशुपति भण्डारी र युके–नेपाल फ्रेण्डसीप सोसाइटीका कार्यकारी निर्देशक एलन मार्सेल सान्काले समन्वय गरेका थिए।

सोमबार साँझ भएको वृत्तचित्र प्रदर्शनीमा बेलायतस्थित बिभिन्न निकायका अधिकारीहरु, नेपाली दूतावास तथा नेपाली सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति थियो ।

‘हामी नेपालका भूकम्पपीडितलाई सम्भव हुने सबैखाले सहयोग गर्न तयार छौं। भूकम्पपीडितका लागि सक्दो सहयोग गरिदिन सबैलाई अनुरोध पनि गर्दछु’, वृत्तचित्र प्रदर्शनपछि प्रेस विज्ञप्ति जारी गर्दै सांसद गेथिन्सले भनेका छन्।

‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेले भूकम्पपछि नेपालीको पीडामा मल्हम लगाउन सहयोग गरेकोमा बेलायत सरकार र बेलायती जनतालाई धन्यवाद दिए।

प्रकाशित: १३ वैशाख २०७४ ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App