७ वैशाख २०८१ शुक्रबार
समाज

३९ केजी चरेस सहित दुई महिला पक्राउ

पाल्पा-जिल्ला प्रहरी कार्यालय पाल्पाले लागु औषध चरेस सहित दुई महिलालाई पक्राउ गरेको छ। गुल्मीको भुवाचिदीबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ५७३१ नम्बरको बसबाट प्रहरीले ३९ किलोग्राम चरेस बरामद गरेको हो।

बुधबार दिउँसो २ बजे विशेष सवारी साधन चेकजाँच गर्ने क्रममा चरेस फेला परेको हो। बाग्लुङ्गको खोलाखर्कबाट गाडी चढेका दुई महिलाको साथबाट प्रहरीले विशेष सुराकीको आधारमा लागुऔषध नियन्त्रणमा लिएको जनाएको छ। साविक कोहलपुर नगरपालिका १३ बाँकेकी ३९ वर्षिय मनकुमारी चलाउने र साविस उवा गाविस–६ रोल्पाकी ३४ वर्षिय राजीपुरा रोका मगरको साथबाट प्रहरी लागूऔषध फेला पारेको हो।

मनकुमारी झोलाबाट १६ किलो र राजीपुराको झोलाबाट २३ किलो चसेस बरामद गरेको प्रहरी उपरीक्षक हरिराज वाग्लेले बताए। उनी भन्छन्, ‘बाग्लुङ्गको बुर्तिबाङ्ग पश्चिम क्षेत्र चरेसको विशेष उत्पादनको क्षेत्र हो। उनीहरुले सप्लाईका लागि विभिन्न माध्यम प्रयोग गर्दै आएका थिए। अहिले दुई महिना अगाडी गठन गरिएको लागू औषध नियन्त्रण सञ्जालको सहयोगमा विशेष सूत्रबाट पक्राउ गर्न सफल भईयो। उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको छ।’

प्रहरी उपरीक्षक वाग्लेले केही समयदेखी यो रुटबाट तराई जाँदै गरेको जानकारी पाएर निरन्तर फलोमा रहेको बताए । ‘हामी अनुसन्धान गरि नेटवर्क पत्ता लगाउने क्रममा छौं । बाग्लुङ्ग क्षेत्रबाट विभिन्न प्रकारका लागू औषध तराई हुँदै अरु देशतर्फ पनि गैरहेको हुन सक्छ । उनीहरुले सीट मुनि जेब्रा झोलामा लुकाई राखेको चरेस बरामद गरेका छौं ।’ उनीहरुले गाँजाबाट मेशिनका सहयातले ठूलै परिमाणमा चरेस बनाईरहेको हुन सक्ने उनले बताए।

बस र बसका चालक सहचालक समेत नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भुवाचिदी बजार अगाडीबाट बस चढेका दुई महिलाले तीन व्याग बोकेर गाडीमा चढेको र खाना खाने समयमा समेत बसबाट झरेका थिएनन् । बस बिहान ७ बजे बुटवलका लागि छुटेको थियो । प्रहरीले बसमा सवार अन्य ३० जना यात्रुहरुलाई अर्को बस चढाएर गन्तव्यमा पठाएको छ।

 

प्रकाशित: १३ वैशाख २०७४ १२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App