coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कपिलवस्तुको महिलवारमा आगलागी २९ घरगोठ जलेर नष्ट

कपिलवस्तु- कपिलवस्तुको विजयनगर गाउँपालिका ४ महिलावारमा बुधवार दिउँसो भिषण आगलागी भएको छ। स्थानीय दादु कहारको घरमा भुजा भुट्ने क्रममा आगो फैलिएको थियो। दिउँसो सवा ४ बजे भएको आगलागीको प्रारम्भिक बिवरण अनुसार २९ बढी घर गोठ जलेर नष्ट भएको प्रहरी नायब उपरीक्ष प्रहद अधिकारीले बताए।

 आगलागीमा ६० बर्षीय बृद्ध बन्शी प्रजापती घाइते भएकी छिन।  घटनामा २ बाख्रा र एक पाडो जलेर मरेको प्रहरीले जनाएको छ। घाइतेको शिवराज अस्पाताल बहादुगन्जमा उपचार भैरहेको छ। कृष्णनगर नगरपालिकाको  दमकल नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीयबासीले आगो नियन्त्रणकालागि प्रयासरत रहेको प्रहरीले जनाएको छ। अझै २५ प्रतिशत आगो निभाउन बाकी रहेको प्रहरी नायब उपरीक्षक प्रहद अधिकारीले बताए।

 

प्रकाशित: १३ वैशाख २०७४ १३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App