८ वैशाख २०८१ शनिबार
समाज

वीरगन्जको पटेलनगरमा २१ घर जले

वीरगन्ज- वीरगन्ज–२१ मा पर्ने पटेलनगरको गाछी टोलमा बुधवार मध्यान्ह १२ बजे भएको आगलगीमा २१ वटा घर जलेर नष्ट भएका छन। आगलागी करिब ४ घण्टाको प्रयासपछि साँझ करिब ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । स्थानीय बासिन्दा, सुरक्षाकर्मी, वरुणयन्त्रकर्मी मिलेर आगो निभाएका थिए।

आगलागीमा परी करिब ६० लाखको क्षति भएको पर्सा प्रहरीको अनुमान छ । स्थानीय जादोराउत कुर्मीको घरमा लामखुटेलाई धपाउन बालिएको घुरबाट सल्किएको आगोले भिषण रुप लिएको थियो । नजिकमा पानीको सुविधा पर्याप्त  नभएकोले पनि आगो निभाउन समस्या भएको स्थानीयले बताए । ४ किलोमिटर मात्र दुरीमा रहेको ठाउँमा, खबर गरिएको करिब १ पछि मात्र वरुणयन्त्र आइपुगेको स्थानीय जतन राउत कुर्मीले बताए ।

प्रहरीका अनुसार आगलागीमा जादो राउत कुर्मी, हृदयराउत कुर्मी, केदारराउत कुर्मी, श्रवण पटेल, धर्मदेवराउत कुर्मी, नरेशराउत कुर्मी, रामबाबुराउत कुर्मी, सुखाडीराउत कुर्मी, गरिबराउत कुर्मी, पशुराम राउत कुर्मी, पानालाल राउत कुर्मी, मुकेश पटेल, जीतेन्द्र पटेल, दिपेन्द्र पटेल, गणेशराउत कुर्मी, जयरामराउत कुर्मी लगायतको घर जलेर नष्ट भएको हो । आगलागीमा परी अन्न लत्ताकपडा, नगद, दुई वटा बाख्राका पाठा जलेको प्रहरी नायब उपरीक्षक चक्राराज जोशीले जानकारी दिए । आगलागीमा परी सबै भन्दा बढि क्षति जादोलाल राउत कुर्मीको भएको प्रहरीले बताएको छ ।

प्रकाशित: १३ वैशाख २०७४ १४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App