७ वैशाख २०८१ शुक्रबार
खेल

चेल्सीको उपाधि सम्भावना बलियो

लन्डन– चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले मंगलबार राति साउथह्याम्पटनमाथि ४–२ को नतिजा निकाल्दै इङ्लिस प्रिमियर लिग अंकतालिकाको शीर्ष स्थानमा अग्रता ७ अंकले फराकिलो पारेपछि जितलाई ‘ठूलो मनोवैज्ञानिक कदम’ भन्दै खुसी मनाएका छन् ।

कोन्टेको टोली पछिल्लो खेलमा म्यानचेस्टर युनाइटेडसँग २–० ले पराजित भएपछि निकट प्रतिद्वन्द्वी टोटेनह्यामले शीर्ष स्थानसँगको दूरी ४ अंकमा घटाउने मौका पाएको थियो । तर टोटेनह्याममाथि एफए कप सेमिफाइनलमा शनिबार ४–२ कै नतिजा निकाल्दै मनोबल उच्च पारेको टोलीले मंगलबार साउथह्याम्पटनमाथि त्यही अन्तरको जित हासिल गर्दै उपाधि सम्भावना बलियो बनायो । ‘मेरो विचारमा हामीले एउटा ठूलो पाइला अगाडि बढाएका छौं,’ कोन्टेले मंगलबार स्टामफोर्ड ब्रिजमा विजय हासिल गरेपछि भने, ‘युनाइटेडसँगको हारपछि पाएको यो जितले मानसिक रूपमा ठूलो बल मिलेको छ । युनाइटेडसँग हामीले तीन अंक हारेका थियौं, त्यसपछि लगत्तै टोटेनह्यामविरुद्ध एफए कपमा सेमिफाइनल खेल्नु थियो । जहाँ हामीले सफलताका साथ फाइनल यात्रा तय ग¥यौं । लिगमा उपाधि दौड खुला भएको छ । हामी अन्तिमसम्म लड्न तयार हुनुपर्छ ।’

चेल्सीको जितमा मंगलबार दोस्रो हाफमा दुई गोल गरेका डिएगो कोस्टाको प्रदर्शन सबभन्दा महŒवपूर्ण रह्यो । सात खेलको व्यक्तिगत गोल खडेरी तोडेका कोस्टाको प्रिमियर लिगका ८५ खेलमा ५१ गोल पुगेको छ ।

‘स्ट्राइकरका लागि गोल महŒवपूर्ण हुनु सामान्य कुरा हो । गोल नै उनीहरूको जीवन हो,’ आइतबार छैटौं स्थानको एभर्टन भ्रमणमा निस्कने तयारीमा रहेका कोन्टेले कोस्टाबारे भने, ‘तर मेरा लागि भने कोस्टाको गोलभन्दा पनि महŒवपूर्ण उनको प्रतिबद्धता हो । टिमका लागि उनी सधँै निकै मेहनत गर्छन् । मलाई उनको सबभन्दा मन पर्ने विषय यही हो । सधैं गोल गर्न सकिन्न । कोस्टा आफूले गोल गर्न नसक्दा पनि राम्रो प्रदर्शन गरिरहेका हुन्छन् र आवश्यक पर्दा टिमको उद्धार गर्छन् ।’

सिजनको अन्तिम अवस्थामा आइपुग्दा कोस्टाले गोल गर्ने क्रमलाई निरन्तरता दिने उनले अपेक्षा गरे । ‘उनी हाम्रा लागि निकै महŒवपूर्ण खेलाडी हुन् । उनले गोललाई निरन्तरता दिनैपर्छ । उनले आज दुई महŒवपूर्ण र सुन्दर गोल गरेका छन् ।’

पश्चिमी लन्डनमा सेस फाब्रिगासको पासलाई कोस्टाले मिलाइदिएपछि इडेन हाजार्डले पाँचौं मिनेटमा चेल्सीको खाता खोलेका थिए । ओरियल रोमेउले आफ्नै पूर्वक्लबविरुद्ध गोल गर्दै २४औं मिनेटमा खेल बराबरीमा ल्याए । तर एनगोलो कान्टेको क्रसलाई गोलमा परिणत गर्दै पहिलो हाफको इन्जुरी समयमा ग्यारी काहिलले चेल्सीको अग्रता मध्यान्तरअघि नै पुनस्र्थापित गरे ।

दोस्रो हाफको आठौं मिनेटमा फाब्रिगासको क्रसमा गोल गर्दै कोस्टाले व्यक्तिगत गोलको खाता खोले भने समय सकिन ११ मिनेट बाँकी रहँदा अर्को गोल गरेर उनले अग्रता ४–१ ले फराकिलो पारे । उनले दोस्रो गोल हाजार्ड र वैकल्पिक खेलाडी पेड्रो रोडरिग्वेजसँगको तालमेलमा गरेका थिए । कोस्टाले दुई गोल गरेपछि चेल्सीको तीन अंक पक्का भइसकेको थियो । जहाँ इन्जुरी समयमा रायन बर्टान्डले साउथह्याम्पटनका लागि गरेको गोल भ्रमणकारी टोलीलाई सान्त्वनामा सीमित भयो । बर्टान्ड पनि चेल्सीकै पूर्वखेलाडी हुन् ।
१० दिनअघि म्यानचेस्टर सिटीसँग ३–० को नतिजामा पराजित भएको साउथह्याम्पटनले जारी सिजनमा शीर्ष ६ मा रहेका कुनै पनि टोलीमाथि जित हासिल गर्न सकेको छैन । तर प्रशिक्षक क्लाउडे पुइलले चेल्सीलाई उसकै मैदानमा अप्ठेरो सिर्जना गर्न सकेकोमा सन्तुष्टि व्यक्त गर्दै खेलाडीहरूको मनोबल बढाए ।
‘हामीले म्यानचेस्टर सिटीसँग भन्दा आज राम्रो प्रदर्शन गरेका छौं,’ प्रिमियर लिग अंकतालिकाको नवौं स्थानमा रहेको टोलीका फ्रान्सेली प्रशिक्षकले भने, ‘हामीले खराब समयमा गोल खायौं । पाँचौं मिनेट, मध्यान्तर हुनै लाग्दा, दोस्रो हाफ सुरु भएलगत्तै खाएका गोलले खेलमा फरक पा¥यो ।’
कोन्टेले क्लबका कप्तान जोन टेरीलाई अन्तिम समयमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिराएर धन्यवाद ज्ञापन गरेको बताए । कोन्टेको आगमनसँगै टोलीमा भूमिका कम हुँदै गएका टेरीले हालै जारी सिजनको अन्त्यपछि चेल्सी छोड्ने बताएका थिए ।

‘कोस्टाको गोलभन्दा पनि महŒवपूर्ण उनको प्रतिबद्धता हो । टिमका लागि उनी सधँै निकै मेहनत गर्छन् । सधैं गोल गर्न सकिन्न । कोस्टा आफूले गोल गर्न नसक्दा पनि राम्रो प्रदर्शन गरिरहेका हुन्छन् र आवश्यक पर्दा टिमको उद्धार गर्छन् ।’

 

प्रकाशित: १४ वैशाख २०७४ ०४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App