८ वैशाख २०८१ शनिबार
कला

क्षत्रीको ‘नमस्ते काठमाडौं’

काठमाडौं– फिल्म निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले कथा संग्रह ‘नमस्ते काठमाडौं’ पाठकमाझ ल्याउने भएका छन् । दुई दशकदेखि छापा पत्रकारितामा सक्रिय क्षत्रीको यो पहिलो साहित्यिक कृति हो ।

यौनको चपेटामा परेका समाजका विभिन्न वर्गको कारुणिक पीडालाई कथामा बुनिएको क्षत्रीले बताए । ‘यौन दूव्र्यवहार र अत्याचारमा परेर पनि पीडा लुकाउन विवश भएकालाई संग्रहका कथाले अन्यायविरुद्ध लड्न र नयाँ शक्ति प्राप्त गर्न हौसला दिनेछ,’ कृतिकार क्षत्रीले भने ।

आगामी वैशाख २० गते सार्वजनिक हुने संग्रहमा १८ वटा कथा छन् । पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको हो ।

प्रकाशित: १४ वैशाख २०७४ ०४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App