coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

हुण्डाइको नयाँ 'थ्रिएस' सेन्टर विराटनगरमा

काठमाडौं– नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एकै छानामुनि सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्यले विराटनगरमा थ्रिएस सेन्टर सञ्चालनमा ल्याएको छ।  

रोयल अटो वर्ल्ड प्रालिको संयोजनमा विराटनगरमा उक्त थ्रिएस सेन्टर स्थापना गरेको कम्पनीले जनाएको छ। बढ्दो हुण्डाई गाडिको मागलाई मध्यनजरमा राखी सो डिलरसिपको स्थापना गरिेएको हो ।

कम्पनीका अनुसार सेन्टरमा ५ वटासम्म गाडी अट्न सक्ने शोरुम, उत्कृष्ट तालिम प्राप्त प्राविधिकहरु, तथा एयर कन्डिसन र वाइफाइ सुविधायुक्त कस्टमर लाउन्जको समेत व्यवस्था गरिएको छ।

यस उत्कृष्ट सेन्टरमा प्रति महिना ६०० वटासम्म गाडीलाई सेवा दिने क्षमता रहनुको साथै प्रशस्त पार्किङ व्यवस्था पनि रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: १४ वैशाख २०७४ ०७:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App