८ वैशाख २०८१ शनिबार
समाज

मिर्गौला पीडितलाई ८ लाख सहयोग

अर्घाखाँची– मालारानी गाउँपालिका– २ अर्घातोषका मृगौला पीडित खुमानन्द भुसाललाई कोरियामा रोजगारी गर्ने युवाहरुले उपचारका लागि आर्थिक सहयोग गरेका छन्। मालारानी– ३ खनदहका कोरियामा रोजगारी गर्नेहरुले उनको उपचारका लागि आर्थिक संकलन गरी हस्तान्तरण गरेका हुन्।

खनदहका युवाहरु बिनोद खनाल, भेषराज पोख्रेल, राजु पोख्रेल, हेमराज पोख्रेल, भागीरथ खनाल, टिकाराम पोख्रेल, टोमलाल खनाल, केशब पोख्रेल, कृष्ण खनाल, बाबुराम पोख्रेल, यज्ञ पोख्रेललगायत उनका लागि रकम जुटाउन कोरियामा लागि परेका थिए।  

भुसालको  उपचारका लागि ८ लाख २० हजार संकलन भएको छ।  ३८ वर्षीय भुसालका दुवै मिर्गौलामा समस्या देखिएको छ।  आर्थिक  अभावका उपचारमा कठिनाइ आएपछि  उनले सहयोगको याचना गरेका  थिए । सो रकम राजु पोख्रेलले परिवारलाई हस्तान्तरण गरेका छन् ।

मिर्गौला पीडितका बुबा गिरिराज पोख्रेलले छोराका उपचारका लागि  आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिए। ‘छोराको उपचारका लागि यति ठूलो रकम जम्मा गरि सहयोग गर्ने सबैप्रति धेरै आभारी छु,’ उनले भने, ‘उहाँहरुको गुन कहिल्यै भुल्ने छैन।’

आर्थिक सहयोग जुटेपछि उपचार पाइ रोग निको खुमानन्द आशावादी देखिएका छन् ।

प्रकाशित: १४ वैशाख २०७४ ०८:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App