संविधान संशोधनपछि भारतीय नागरिकले नेपालमा मताधिकार पाउने भारतीय मिडियाको दाबी

बिहिबार, १४ बैशाख २०७४, १५ : ०८ नागरिक


काठमाडौं—नेपालमा हुन गइरहेको स्थानीय निर्वाचनमा भारतीय नागरिकले  मतदान अधिकार पाउने भारतीय मिडियाले दाबी गरेका छन्। मधेसी मोर्चा र सरकारसँग वैशाख १० गते भएको सम्झौताको हावाला दिँदै भारतीय मिडियाले यस्तो दाबी गरेका हुन्। 

सात महिना लामो तराई केन्द्रित दलको आन्दोलनपछि नेपाल सरकारले संविधान संशोधन गरी भारतीयलाई मताधिकार दिने तयारी गरेको सो अनलाइनले उल्लेख गरेको छ।

भारतको बिहार र उत्तर प्रदेशका भारतीय नागरिकले नेपालमा वैशाख ३१ मा हुने स्थानीय निर्वाचनमा मतदान गर्न पाउने सिएनएन न्युज१८को अनलाइनले जनाएको हो। मधेसी मोर्चा र सरकारबीच संविधान संशोधनका अन्र्तवस्तु र प्रक्रियाबारे शुक्रबारयता दैनिकजसो बैठक भइरहेको सन्दर्भमा भारतीय मिडियामा यस्तो खबर सार्वजनिक भएको हो।

सात महिना लामो तराई केन्द्रित दलको आन्दोलनपछि नेपाल सरकारले संविधान संशोधन गरी भारतीयलाई मताधिकार दिने तयारी गरेको सो अनलाइनले उल्लेख गरेको छ।

संविधान संशोधनले भारतीय नागरिक संसदीय निर्वाचनमा पनि सहभागी हुन बाटो खोल्ने सो अनलाइनले उल्लेख गरेको छ। मोर्चाको मागमा सरकार यस्तो व्यवस्था गर्न राजी भएको सिएनएन न्युज१८ डट कमले उल्लेख गरेको हो। यो विषय नेपालको क्याबिनेटबाट पारित भइसकेको उसले दाबी गरेको छ।

 









यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

मनसुनमा के खाने के नखाने ?

मनसुनमा के खाने के नखाने ?

सहरमा मनसुन सुरु भइसकेको छ । गर्मीको रापिलो घाममा पानीले शीतल त बनाउँछ नै, तर यसका नकारात्मक पाटाको लिस्ट पनि...

भुटानबाट लखेटिँदा...

भुटानबाट लखेटिँदा...

बलराम पौडेलको पुख्र्यौंली घर इलामको साबिक माइमझुवा– १, याङ्मा (हालको सन्दकपुर गाउँपालिका) हो । दक्षिण भुटानको साम्ची जिल्लास्थित बाँडा ब्लक...

गायिका गुरुआमा

गायिका गुरुआमा

हान ४ बजेको ‘अलार्म’ बजेस“गै रञ्जना प्रधानको दैनिकी सुरु हुन्छ अचेल । योगाभ्यास, दैनिक पूजाआराधना र चियानास्ता सक्दा खाना पकाउने...

चर्चामा ‘कारखाना’

चर्चामा ‘कारखाना’

आगामी शुक्रबार रिलिज हुन लागेको चलचित्र ‘कारखाना’ अहिले चर्चामा छ । ‘मायाले बोलेको...’ बोलको यो चलचित्रको गीत युट्युबमा लाखौंले हेरिसकेका...